no-image

काठमाडाैं ।

सरकारले गत बुधबार दिउँसो लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गर्याे । सरकारले सार्वजनिक गरेकाे उक्त नयाँ नक्सालाई सबै नेपालीले स्वागत गर्याे, सरकारकाे तारिफ गर्याे, सरकारलाई धन्यवाद दिए ।

भारतमा कर्म थलाे बनाएकी मनिषा कोइरालाले पनि नेपालकाे नयाँ नक्साकाे समर्थन गरिन् । उनले नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गर्नुभएकाे एक ट्वीटलाई रिट्वीट गर्दै नेपालकाे नयाँ नक्साकाे समर्थन गरेकी थिइन् । अभिनेत्री काेइरालाले मन्त्री ज्ञवालीकाे ट्वीटलाई रिट्वीट गर्दै लेखेकी थिइन्, ‘हाम्राे सानाे राष्ट्रकाे गरिमालाई

बनाइराख्नु भएकाेमा धन्यवाद । हामी सबै तीन महान राष्ट्रबीच शान्तिपूर्ण र सम्मानजनक वार्ताकाे आसा गर्छाैँ । उक्त रिट्वीटपछि भारतीय सञ्चारमाध्यमहरू मनीषाविरुद्ध खनिए । एबीपीले त ‘भारतकाे खाएर चीनकाे गीत गाउने’ भन्दै आराेपसम्म लगायाे । केही भारतीय सामाजिक सञ्जाल प्रयाेगकर्ताले मनीषालाई बहिष्कार गर्नुपर्ने भन्दै ह्यासट्याग समेत चलाए ।

मनिषाको बचाउमा नेपाली कलाकारले खुलेरै समर्थ गरिरहेका छन् । कतिपय सेलिब्रेटीले मनिषाको पक्षमा आफ्नो आवाज राख्दै भारतीय संचार माध्यम र सामाजिक प्रयोगकर्ताले उनीसँग माफी समेत माग्नु पर्ने धारणा राखेका छन् । सीमा विवादबारे बाेल्दा वलिउडकी अभिनेत्रि मनिषाले

नेपालमा वाही वाही भइरहेकी बेला यता नेपालीकी अभिनेत्री वर्षा राउत भने ओलोचित बन्न पुगेकी छन् । अहिले वर्षालाई नेपाली भूमीको भन्दा पनि आफ्नो भारतीय साथीहरुको बढी चिन्ता भएको भन्दै सामाजिक सञ्जालमा धेरैले आक्रोश पोखिरहेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएकाे

भिडियाेमा वर्षाले भारतीय साथीहरुसँग आफूले ‘फेस’ गर्न गाह्राे भएकाे बताएकी छन् । उनले नेपाली र भारतीय पत्रकार मिलेर झगडा गराइरहेकाे गम्भीर आरोप समेत लगाएकी छन् । सार्वजनिक भिडियाेमा उनले भनेकी छन्- ‘देशको माया लाग्छ भन्दैमा ए होइन, यो त हाम्रै हो, तिमीहरुले किन यस्तो गरेको

भनेर झगडा गर्ने होइन नि, यो त भारत सरकार र नेपाल सरकार मिलेर पो कुरा गर्ने हो त । यहाँ भारतीय र नेपाली पत्रकार मिलेर झगडा गराइरहेका छन् । मेरो भारतीय साथीहरुसँग म कसरी फेस गर्ने अनि भारतीय साथीहरुले मसँग कसरी फेस गर्ने भइरहेकाे अवस्था छ । वर्षकाे उक्त अभिव्यक्तिले उनी अहिले

आलोचित बन्न पुगेकी हुन् । अहिले सामाजिक सञ्जालमा वर्षा र मनिषाबीच तुलनासमेत भइरहेकाे पाइन्छ । कसैले त ‘लिपुलेक दे, वर्षा राउत लैजा’ भन्न समेत भ्याएका छन् । एक सामाजिक सञ्जाल प्रयाेकर्ताले कृष्ण हरी बरालकाे शब्द, सुरेश गैरेकाे संगीत र दिपक लिम्बुकाे स्वारमा रहेकाे ‘यहाँ देशकाे छ चिन्ता, तिमी माया

माया भन्छाै’ बाेलकाे गीतलाई ‘मोडिफाइ’ गरेर लेखेका छन्- यहाँ कालापानीको छ चिन्ता तिमी साथी साथी भन्छौ साच्चै तिमी भारतीयै हौँ की, भारतीय जस्तै बन्छौं किन ? हर्नुहाेस् सामाजिक सञ्जालमा वर्षा राउतमाथि पाेखिएका केही आक्राेशहरू

प्रकाशित मिति May 24, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस