सरकारले भारतमा रहेका नेपालीको उद्वार गर्नुपर्छ

  • श्रृजना नेपाल

विश्वभरी दिनप्रतिदिन ठूलो मात्रामा फैलिरहेको कोरोना भाइरसबाट नेपाल पनि अछुतो रहन सकेन । कोरोना भाइरसको जोखिम गर्न सरकारले शुरु अवधिदेखी नै नेपाल लकडाउन गरेपनि दैनिक कोरोना संक्रमित बढिरहेका छन्, । नेपालमा कोरोनाको दोस्रो संक्रमित देखिने बित्तिकै सरकारले नेपाल बन्दाबन्दी गरेको काम

प्रशंसनीय छ । देश बन्दाबन्दी गर्दा प्रत्यक्ष रुपमा दैनिक ज्यालादारी गर्नेलाइ सरकारले राहत वितरणको कार्य पनि गर्यो । यो विपदको समयमा सरकारले गरेको राम्रो कामको ताली र नराम्रो कामको गाली पनि आइरहेको छ ।
२ महिना नेपाल बन्दाबन्दी हुदा हुँदै पनि २ बाट आज ५

सयभन्दा माथी सङ्क्रमित कसरी भए ? दिनदिनै नया सङ्क्रमित कसरी थपिए ? कहाँबाट थपिरहेका छन्, ? यो विषयमा समयमै ध्यान पुर्याउन जरुरी छ । विश्वभरी नै महामारिको रुपमा फैलिएको कोरोनाले विभिन्न शिलशिलामा अन्य देशमा पुगेका नेपालिहरुको बिचल्ली भैरहेको छ । नेपाल जन्मभुमी भई युरोपियन देशको

पिआर बोकेका नेपाली भाषिहरुदेखि पढाइ तथा रोजगारिको शिलशिलामा खाडी मुलुक पुगेका नेपालीहरुले यतिबेला स्वदेश सम्झिरहेका छन्, ।
नेपाल आउने चाहाना र प्रयास गर्दा गर्दै केहिले ज्यान गुमाइसके , केही संक्रमित छन् त कयौ नेपाल आउने

प्रतिक्षामा छन्, । तर सरकार अहिले उनिहरुलाइ ल्याउने पक्षमा छैन । र सरकारको यो पक्षमा पनि २ पक्ष नेपाली छन् , एक पक्ष जो नेपाल किन ल्याउने ? झन कोरोना फैलिन्छ भन्छन त अर्को पक्ष जसको आफ्नो परिवार , छिमेकी र आफन्त छन उनिहरुले स्वदेश फर्काउनु पर्ने धारणा राख्दै आएका छन । कोरोना भाइरसले गर्दा बन्द

भएका होटललाई क्वारेन्टाईनको रुपमा व्यवस्थित गरी भारतबाट उद्वार गरी ल्याएकालाई राख्न सकिन्छ ।
नेपालमा कोरोना फैलदै जानुमा यो एउटा प्रमुख कारण हो । किनकी विभिन्न शिलशिलामा विदेशिएका अन्य नागरिक नेपाल आउन सम्भव नभएपनि छिमेकी मुलुक भारत

गएका नेपालीहरु भने लुकीछिपी नेपाल छिरिरहेका छन्, ।
पछिल्लो समय सरकार आफैले पनि नेपाल भारतको विभिन्न नाकाबाट भारतमा रहेका नेपालीको उद्वार गरिरहेको भएपनि समयमा नगर्दा कोरोनाले नेपालमा महामारीको रुप लिदै गएको छ । नेपालमा दोस्रो संक्रमित देखिने बित्तिकै लकडाउन गरेको सरकारले सबै देशबाट

नेपाली नागरिक फर्काउन सम्भव नभएपनि भारतमा रहेका नागरिकलाई फर्काएको भए आज नेपालमा कोरोना यसरी फैलदैनथ्यो । भारतमा रहेका नेपालीको विवरण संकलन गरि सरकारले नेपाल फर्काएर क्वारेन्टाईनमा राखी कोरोना परिक्षण गरेर मात्रै घर फर्कन दिनु पथ्र्यो ।
यसो गर्दा भारतमा रहेका नेपाली लुकेर नेपाल आउने र

कोरोना फैलने जोखिम कम हुन्थ्यो । कोरोनाले गर्दा नेपालको सबै होटल व्यवसायहरु ठप्प भईरहेको बेलामा सरकारले यसको प्रयोग गर्दै कोरोनाको जोखिम कम गर्नुपर्छ । अझैपनि विभिन्न नाका तथा जंगलबाटै पनि कयौ दिन पैदल हिडेर भारतमा रहेका नेपालीहरु भित्रिरहेका छन् । त्यसैलै होटल व्यवसायीहरुलाई केहि राहत हुनेगरी

क्वारेन्टाईनको रुपमा सञ्चालन गर्दै शुरुमा भभारतमा रहेका नेपालीहरुलाई उद्वार गरी त्यहा राख्नुपर्छ ।
होईन भने भोली नेपाल पनि भारत, ईटली, ब्राजिल र अमेरिका जस्तो नहोला भन्न सकिदैन । त्यसैले कोरोनाको जोखिम कम लकडाउन मात्रैले पुग्दैन । त्यसको लागि संक्रमितको राम्रोसँग उपचार गर्ने , कोरोनाको परिक्षणको

दायरा बढाउने र लुकेर नेपाल भित्रिरहेकाहरुलाई उद्वार गरि क्वारेन्टाईनमा राख्न सक्नुपर्छ । अहिले नेपाल भारतबीच सिमा विवाद पनि भैरहेको छ । पहिला पनि लामो समय नाकाबन्दी गरेको छिमेकी भारतले अहिले पनि के गर्ला ? भन्ने हामी कसैले भन्न सक्दैनौ । त्यसैलै भोली भारतले नाकाबन्दी गरेको समयमा त्यहाँ रहेका

नेपालीलाई फर्काउन झन असहज परिस्थिती आउन सक्छ । बौलाएको छिमेकीको विश्वास गरेर बस्नुभन्दा समयमा नै नेपाली नागरिकलाई सरकार भएको महशुस गराउन सक्नुपर्छ । यसो भनिरहदा अन्य मुलुकमा रहेकाहरुले हामी चाँहि नेपाली होईनौ भन्ने तर्क गर्न सक्छन् । तर जुन सरकारले नजिकको तिर्थलाई मान्न सकेन त्यसले टाढाको

तिर्थलाई के मान्ला ? अर्थात नजिक रहेको भारतबाट त नेपालीलाई उद्वारर गर्न नसकिरहेको अवस्थामा अरु देशको बाारेमा कुरा गर्नु लाटोलाई जिस्काउनु जस्तै हो ।
यद्यपी अन्य मुलुकमा रहेका नेपालीले यति चाहि बुझ्नुपर्छ की भारतबाट नेपालमा जोखिम रहेको र भारतमा रहेकालाई पछि जोखिम हुनसक्ने भएकाले उनीहरुको उद्वार गर्न आवश्यक छ । (लेखिका नेपाल रेडियो थाहा सञ्चार हेटौंडामा कार्यरत छिन । )

प्रकाशित मिति May 23, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस