no-image

काठमाडौ ।

अहिले सामाजिक संजाल मा भाईरल भएकी छिन मनिसा कोईराला उनले अहिले भारत बसेर पनि नेपाल मा भएको हाम्रो देश को लिपुलेख र कालापानी नेपालै हो भनेर उनले भनेपछी भारतिय मिडिया हरु अहिले मनिसा को पछि लागेका छन । तर उनी अहिले हाम्रो देश नेपाल मा सबैकी प्यारी भएकी छिन ।

मनिषा कोइरालाको ट्विट असैह्य भएपछि उनीमाथि खनिए भारतीय मिडिया काठमाडौं । बलिउड क्षेत्रमा लामो समय काम गरेकी नेपाली अभिनेत्री मनिषा कोइरालामाथि अहिले भारतीय मिडियाहरु खनिएका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई मनिषाले रि-ट्विट गरेकी थिइन् । उनले त्यसमा लेखेकी छिन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।

मनिषाको यही ट्विट भारतीय मिडियालाई असैह्य भएको छ । एबीपी टेलिभिजनले ‘खाति भारतकी ओर गाति चीनकी’ भन्दै समाचार प्रसारण गरेको छ । चीनको इशारामा मनिषा कोइरालाले यो ट्विट गरेको उक्त समाचारमा दाबी गरिएको छ ।

प्रकाशित मिति May 21, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस