no-image

गाउँमा एकजना भलाद्मी मानिसकाे नि ध न भएछ । उसका छाेराहरू र छरछिमेक मिली ला स जलाउन लैजाने तयारी भइरहेको समयमा एक अपरिचित व्यक्ति आउँछ र ला स को पाउ समात्दै भन्न लाग्छ “म र्ने मानिसले मसँग १५ लाख लिनु भएकाे थियाे, पहिला मलाई उक्त पैसा कसले तिर्ने भन्नुहोस्, त्यसपछि मात्र ला स काे दा हसं स्कार गर्न लैजानुहाेस् ।

अब तमाम मलामीहरू खडा भएर तमाशा हेरिरहेका थिए, छाेराहरूले बताए कि म र्ने मानिसले कहिल्यै कसैसँग पैसा कर्जा लिएकाे कुरा गर्नु भएको थिएन । त्यसैले हामी याे पैसा दिँदैनाैँ । छाेराहरूले त तिर्दैनन् भने हामी छिमेकीहरूले त तिर्ने कुरै भएन भन्न लागे छिमेकीहरू । ला स लाई बाेक्न खाेज्छन् तर त्यस मानिसले ला स काे पाउ समातेर बसिरहेकाे हुन्छ ।

याे खबर घरभित्रसम्म पुग्छ । बुहारीहरू हामीलाई थाहा छैन र पैसा तिर्दै तिर्दैनाैँ भन्छन । म र्ने मानिसकी एउटी छाेरी पनि थिइन् जाे रुँदै बाहिर आइन् र ला स काे गाेडा समाउने व्यक्तिलाई आफ्नो गरगहना फुकालेर दिँदै भन्छिन् “लिनुहाेस् यी गहना। यसलाई बेच्नुहाेस् र आफ्नो पैसा असुल गर्नुहोस् तर बिन्ति गर्दछु बाबाकाे अन्तिम दा हसं स्कार नराेक्नुहाेस ।

नपुगेको रकम पछि तिर्छु, सक्दाे चाँडाे व्यवस्था गर्छु ।
अब ला स समाउने मानिस उक्त छाेरीलाई सान्त्वना दिँदै भन्छ, “छाेरी, म यहाँ कसैलाई चिन्दिन, उहाँकाे बारेस चिन्नु थियो । मुख्य कुरा त उहाँले मसँग पैसा माग्नुभएको थिएन, बरू मैले उहाँसँग मागेकाे थिएँ । उहाँ बित्नुभएको थाहा पाएँ र कर्जा फिर्ता गर्दा कसलाई दिने हाे भनी बुझ्न याे नाटक गर्नु पर्यो ।

अकस्मात् प्राप्त भएकाे सम्पतिमाथि धेरैले आँखा गाड्छन, मलाई सही हकदार चिन्नु थियो । लाै राख याे १५ लाख रुपियाँ र मलाई दिएका सबै गहना पनि फिर्ता लेऊ । यसमा हक तिम्रो मात्र छ । वास्तवमा छाेरीकाे माया जीवनकाे साया हाे । छाेरीलाई बचाउने, पढाउने र अघि बढाउने संकल्प गरौँ । जसकाे घरमा छाेरी छिन्, त्याे घर पहिलाे स्वर्ग हाे । सामाजिक संजालमा भेटिएको कथा दर्पण नेपाल डटकम बाट ।

प्रकाशित मिति May 18, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस