no-image

विश्वभर फैलिएको कोरोनाको त्रास व्यापक छ । सं’क्रमणको त्रासका कारण धेरै स्वास्थ्यकर्मी कोरोना सं’क्रमितको उपचारमा खटिन मानेका छैनन् । तर, झापाको भद्रपुर नगरपालिका ५ की प्रमिला ढकाल ‘परी’ ले उपचारमा खटिन आनाकानी गरिनन् । पेसाले नर्स उनी २९ महिनाको दुधे छोरा छाडेर कोरोना सं’क्रमितको उपचारमा खटिन् ।

स्कूल हेल्थ नर्सिङमा कार्यरत उनको दर्बन्धी विर्तामोडको दुर्गा माविमा थियो । तर, लकडाउनका कारण घरमा २९ महिनाको छोरा र ६ वर्षिय छोरीसँग दिन बित्दै थियो । उनका श्रीमान व्यापार व्यवसाय गर्छन् । सासूआमा अवकाशप्राप्त शिक्षिका हुन् । सं’क्रमितको उपचारमा खटिन आग्रह आएपछि उनी कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा खटिइन् ।

एकसाता सं’क्रमितको उपचार र १४ दिनको क्वारेन्टाइन बसाइपछि उनी घर फर्किइन् । दूधे छोरा छाड्दा रुवाबासी, घर पुग्दा पनि रुवाबासी १० बैशाखमा संक्रमितको उपचारका लागि लिन भन्दै सामाजिक विकास मन्त्रालयले गाडी पठाएको थियो । अढाई वर्षीय छोरा र ६ वर्षीया छोरी छोडेर आउनुपर्दा घरमा रुवाबासी चल्यो । सासूआमा, श्रीमान, छोराछोरी सबै

रोए । फर्कन पाउदिनँ कि भन्ने चिन्ताले उनी आधाबाटोसम्म रोइन् । विराटनगर आएको २३ दिनपछि उनी शुक्रबार उनी घर फर्किइन् । घर फर्कंदा पनि रुवाबासी चल्यो । योपटकको रुवाबासी भने खुसीको थियो । बुहारी फर्किएको खुसीयालीमा सासू पार्बती ओझा स्वागत गर्न बसेकी थिइन् । गाडीबाट ओर्लिने बित्तिकै बुहारीलाई अंगालो

हालिन् । अबिर र फूलमालाले स्वागत गरिन् । स्वागतमा सगुन ‘दही’ खुवाइन् । स्वागत गरिरहँदा सासूबुहारी नै भक्कानिए । अंगालो हालेर एकछिन सँगै रोए । २३ दिनपछि आमा देख्दा वालक छोराले प्रमिलालाई अंगालो हाल्यो । दूधे बालकको व्यवहारका कारण स्वागतका लागि भेला भएकाहरुको पनि आशु थामिएन । डर धेरै थियो, म त फर्कन पाउँछु की पाउँदिनँ

भनेर जाँदा रुवाबासी चल्यो’ प्रमिलाले भनिन् ‘ अस्पतालबाट फर्कंदा युद्ध जितेर आएजस्तै भयो । लकडाउनका कारण घरमै बसिरहेको बेला सामाजिक विकास मन्त्रालयले सं’क्रमितको उपचारमा आउन आग्रह गर्दा उनी एकै बचनमा राजी भइन् । विरामीको सेवा गर्नु हाम्रो कर्तब्य हो । यो बेला राज्यलाई हाम्रो

आवश्यकता छ ।’ उनले भनिन् ‘ छोराको माया लाग्यो, तर आफ्नो कर्तब्य ठूलो सम्झिएँ ।’ उनी अस्पतालमा काम सकिने बितिकै परिवारमा स’म्पर्क गर्थिन् । तर, छोराले भिडियो कल गर्दा आमासँग बोल्न मान्दैन थिए । सं’क्रमितलाई देख्दा साहस उनले १२ बैशाखबाट कोभिड १९ उपचार केन्द्रमा काम सुरु गरिन् । तर, त्रास भने धेरै थियो ।

डराएका व्यक्तिलाई डाक्टरले डर भगाउन भन्दै प्रमिलालाई संक्रमितको वार्डमा पठाए । स्टाफ रुमबाट वार्डसम्म आउँदा उनका हातखुट्टा काँपे, मुटुको चाल बढ्यो । तर, वार्डभित्र बसेका वृद्धलाई देख्दा उनमा काम गर्ने सहास पलायो । वार्डमा दमकका ६२ वर्षीय बृद्ध एक्लै थिए । भर्खरै आएका उनी त्रसित थिए । डरले उनका हातकुट्टा काँपिरहेका थिए ।

सं’क्रमण पुष्टि भएपछि विराटनगर ल्याइएका बृद्ध बोल्न सक्ने अवस्थामा थिएनन् । ‘म जाँदा वृद्ध बुबालाई डरले काँपिरहेको देखें’ उनले भनिन् ‘ बुबाको डर देखेर मलाई सहास आयो, मन दह्रो बनाएर उहाँलाई सम्झाएँ, त्यसपछि बुबाका हात काँप्न कम भए ।’ वृद्धले सन्तोषको सास फेर्दा उनले दूधे बालकलाई बिर्सिइन् । आफू ठूलो काम गर्न आएको महसुस गरिन् ।

यहाँ आएपछि काम गर्दा आनन्द मिल्यो । कोरोना महामारीसँग विश्व समुदाय लडिरहेको छ । तर, प्रमिला फ्रन्टलाइनर भएर काम गर्दै घर फर्किइन् । फेरि काम गर्न बोलाए उनी आउन तयार छिन् । यतिबेला देशलाई हाम्रो जरुरत छ । हामीले काम गर्नुपर्छ’ उनी भन्छिन् ‘ यस्तो बेला सेवा गर्न जो कोहीले चाहेर पनि पाउँदैनन्, हामीलाई काम गर्ने अवसर छ । यो समाचार अनलाईन खबर डटकम मा छ ।

प्रकाशित मिति May 18, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस