थप १८ जनामा कोरोना पुष्टि सङ्क्रमितको सङ्ख्या ३७५ पुग्यो

काठमाण्डौ ।

नेपालमा सोमबार राति थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या ३७५ पुगेको छ । विहान मात्र ९ संक्रमित थपिएको नेपालमा दिउँसो पुनः ५३ संक्रमित थपिएका थिए भने राति पुनः १८ थपिदा संक्रमितको संख्या ३ सय ७५ पुगेको छ । अहिले बेलुकी आएकाे रिपोर्ट अनुसार काेराेनाका १८ जना बिरामी थपिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

बाँकेको विस्फोटक तथ्यांक

बाँके जिल्लामा एकैदिन ४७ जनामा कोरोना पुष्टि भएको छ । ४६ पुरुष र १ जना महिला गरी ४७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । भेरी अस्पतालस्थित प्रयोगशालामा परीक्षण गर्दा बाँकेको नरैनापुर क्षेत्रका ४७ जनामा कोरोना पोजेटिभ भेटिएको जनाएको छ । आइतवार विहान कोरानाका कारण एक जना २५ बर्षीय पुरुषको मृत्यु भएको थियो । पुरुष बैशाख ३० गते भारतबाट आएका थिए ।

यो भन्दा अगाडि नरैनापुरबाटै ८ जनामा कोरोना पुष्टि भएको थियो । उनीहरुको कन्ट्याक्ट ट्रेसिङग गर्दा थप ४७ जनामा कोरोना पोजेटिभ भेटिएको भेरी अस्पतालले जनाएको छ । उहाँका अनुसार हालसम्म संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनिहरु १८ बर्षदेखि ४६ बर्षसम्मका रहेका छन् । हालसम्म ३६ जना कोरोना पोजेटिभ भएका निको भएर घर फर्किसकेको मन्त्रालयले जनाएको छ ।

यसैगरी मोरङमा पनि एक संक्रमित थपिएका छन् । त्यस्तै भैरहवाको प्रयोगशालामा भएको परीक्षणमा गुल्मीका एकजना ४१ बर्षीय पुरुषको रिपोर्ट पोजिटिभ आएको छ भने धुलिखेलमा गरिएको परीक्षणमा ४ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । प्रवक्ता देवकोटाका अनुसार धुलिखेलमा गरिएको परीक्षणबाट जनकपुरका १ , रौतहटका १, दाङ्गक १ र धादिङका १ जनामा संक्रमण पाइएको छ । उनीहरु सबैको उमेर १८ देखि ४६ बर्षको छ ।

यसरी संक्रमित पुरुषको संख्या २ सय ९८ पुगेको छ भने ५९ महिला रहेका छन् । यस्तै संक्रमित जिल्ला पनि ३१ पुगेको छ । अहिलेसम्म संक्रमितमध्ये ३६ जना निको भइसकेका छन् भने २ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति May 18, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस