no-image

काठमाडौं, ४ जेठ ।

बिश्वब्यापी माहामारी फैलिएको कोरोना भाईरस (कोभिड १९) ले देशभर चिन्ता भएको छ । कोरोना ले गर्दा अहिले कहि कतै बाट पनि कुनै देश को आउने जाने बन्द भएको छ । नेपाल मा पनि अहिले बिदेश बाट नभई आफ्नै देश मा पनि एक जिल्ला बाट अर्को जिल्ला जान मनाही गरेको छ । तेस्तै आउने जाने अन्तर्राष्ट्रिय पेल्न हरु पनि बन्द भएको छ ।

सरकारले विदेशमा अलपत्र नेपालीलाई प्राथमिकताका आधारमा आगामी सातादेखि फिर्ता ल्याउने तयारी गरेको छ । जहाजबाट ल्याएपछि स्थानीय तहको क्वारेन्टाइन्स सम्म पुर्याउने गाडी ब्यवस्था गर्नेलगायतका तयारी अन्तिम चरणमा पुगेको छ । यसको औपचारिक निर्णय उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समितिले गर्नेछ ।

विदेशमा अलपत्र नेपालीले घर फर्कन पाँउ भन्दै दूतावास घेर्ने, समाजिक सञ्जालमा लेख्ने, सरकारलाई खुला पत्र पठाउने र सञ्चार माध्यमले पनि बारम्बर कुरा उठाउन थालेपछि सरकार उनीहरुलाई फिर्ता ल्याउन बाध्य भएको हो । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति May 17, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस