no-image

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने अवस्था आए पनि भारतले कब्जा गरेको नेपाली भूमि फिर्ता गराएरै छाड्ने बताएका छन् । भर्खरै आफ्नो एक अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकबाट भारतीय सेना हटाउने र नेपाली भूमि फिर्ता गरिने तथा यस्तोमा सरकार ढाले पनि आफू तयार रहेको स्पष्ट पारे ।

सरकार गिरे गिर्छ, कतिपय अवस्थामा गिर्न पनि तयार हुनुपर्छ । अघिल्लो पटक म पनि गिरेको हो । सरकारबाट मलाई पनि ढालिएको हो’, उनले भने । नाकाबन्दीको विरोध, उत्तरबाट पारवाहन सन्धि, नाका खोलेर नेपाललाई नयाँ उचाइमा लग्दा आफ्नो पहिलो कार्यकालको सरकार ढलेको बताउँदै ओलीले

राष्ट्रिय हित, राष्ट्रको सीमाको मूल्यमा म सरकारमा रहन्छु कि रहन्न भन्ने कुराले कुनै अर्थ नराख्ने बताए । उनले प्रश्न गरेः मैले सीमा जोगाउनुपर्छ कि सरकारमा रहनुपर्छ ? सीमा जोगाउनका लागि भक्ति थापा तोपको भुमरीमा उडेका होइनन् ? बलभद्रहरु पानी खान नपाएर पनि लडेका होइनन् ? अमर सिंह थापा तरवार लिएर मैदानमा उत्रिएका होइनन् ?

त्यसकारण मेरो पद, ज्यान होइन, राष्ट्र राष्ट्र हो, राष्ट्रको भूमि राष्ट्रको भूमि हो । ओलीले थपे, ‘अहिले कुरा उठेको यहीँ भावनाका साथ काम गर्न सक्छ भनेर होला । पदको वास्ता नगर्ने, पदभन्दा माथि उठ्ने प्रधानमन्त्री छ भनेरै होला ।’ कालापानी लगायत सीमा विवादमा नरेन्द्र मोदीसँग आफूले खुलस्त गर्नसक्ने स्पष्ट पार्दै ओलीले तल्लो तहबाट पनि समाधान हुनसक्ने बताए ।

हामीसँग प्रमाण, नक्सा, जनगणना गरेका व्यक्ति सबै भएकाले यो विषयमा धेरै अफ्ठेरो मान्न नपर्ने ओलीको भनाई छ । तथ्य र प्रमाणबाट भारतीय सेना हटाउने र भूमि फिर्ता गर्ने ओलीको दृढता छ ।

प्रकाशित मिति May 16, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस