no-image

हिजो आज अहिले हाम्रो नेपाली समाजमा थुप्रै कारणहरुले डिभोर्सको घटना दिन प्रतिदिन बढ्दै छ । कहिले राम्रो बोलेन भनेर सानो निउमा कहिले अकै शीत चक्कर भन्ने सन्खा मानेर कहिले आफ्नी श्रीमती ले भनेको नसुनेर एस्ता थुप्रै कारणहरु छन । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पार्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त परेको छैन ?

ई सुत्र हरुले पक्कै पनि केही न केही परिवर्तन गर्छ सामाजिक संजालमा चितपरिचित लेखेक गणेश ज्ञवालीले तयार पारेका श्रीमतीलाई खुसी बनाउने २३ सुत्रहरू एकपटक अबस्य पढनुहोस र जान्कारीको लागि सक्दो सियर गर्नुहोस । यी सुत्रहरु अपनाउनुभयो भने तपाइको परिवारमा कहिले पनि झगडा हुदैन । हेर्नुहोस ई २३ सुत्र जस्ले हजुर कि श्रीमती लाई खुसी पार्छ ।

एक. काली, परी, माया, बेबी मेरो महारानी भनेर बोलाउने ।

दुई. कुनै अन्य राम्री केटी संग तुलना गर्दै नगर्ने। बरु नराम्री केटीको फ़ोटो देखाएर यो भन्दा राम्री त तिमी छौ भनी मक्ख पार्ने ।

तिन. भूलेर पनी श्रीमतीका बाउआमाको नराम्रो पक्ष ननिकाल्दिने । सकेसम्म माईतीको कुकुर र भैसिको पनी भरपूर तारीफ गर्ने ।

चार.घर सफा, गर्ने, कपड़ा धुने, बजार जाने र खाना पकाउने । अफिसको लागी आफ्नो खाजा आफै पोको पार्ने ।

पाँच. बाहिर निस्कदा आफ्नो गन्तव्य सुनाएर निस्कने र छिटो घर फ़र्किने । रक्सि पिउन मनलागे गोजिमा २ दाना ल्वांग र लसुन बोकेर हिड्ने । घर प्रवेश गर्नु पूर्व चपाउने ।

छ. आफू जतिसुकै बिजि भएपनी दिउँसो १०/१५ पटक सम्झिने फोन गरेर Love you Baby भन्ने । विवाहको सधै औठी लगाउने र मोबाइलको स्क्रीन र पर्समा श्रीमतीको फोटो राख्ने ।

सात. श्रीमतीले जस्तोसुकै स्वादको खाना पकाएपनी, तीम्रो हात त सारै मिठो छ भन्ने । खाना संगसंगै श्रीमतीको हात सुमसुमाउने ।

आठ. पूराना कुरा निस्के, तिमी राम्री भएर त हो टोलका केटाहरू अहिलेसम्म तीम्रो पछी परेको भन्ने ।

नौ. हरेक कुराको अधिकार श्रीमतीलाई दिने । उसको योजना गलतै भएपनी, श्रीमतिको निर्णयमा सहमत हुने ।

दश. अफिसको काम र साथीभाईका कुरा श्रीमतीलाई नसुनाउने तर श्रीमतीले रातभर जे बरबराएपनी ध्यान दिएर सुन्ने ।

एघार. श्रीमतीको मूड हेरेर मात्र मायाले सताउने । नत्र महिला हिंसा र बलात्कारको आरोप खेप्नु पर्ला ।

बाह्र. श्रीमतीका कुरा सुन्ने र उसको माँग अनुसारको शपिंग गरीदिने । बजार जादा आउदा श्रीमतीको झोला बोक्ने ।

तेह्र. श्रीमतीले बोलेको जोक्समा हास्ने र दुःखको कुरा गरे, हो मा हो मिलाएर संगै रोएझै गर्ने ।

चौध. आफु जा गएपनी मोबाइलको लोकेशन ट्र्याकर ओन राखेर हीड्ने र कस्लाई भेट्न गएको फोटो खिंचेर श्रीमतीलाई पठाउने ।

पन्ध्र. सकेसम्म सत्य बोल्दिने । झुठै बोल्नु परे अली सीरीयस भएर, हो की झै पारेर बोल्ने । झुट पकड़े, म जिस्केको भनी ठट्टा गर्ने ।

सोह्र. बेला-बेला घुम्न लैजाने। बजार पुगे लगतै श्रीमतीलाई बैंक कार्ड र पर्स दीने अनि मन लागेको किन भनी लुरुलुरु दिन भर पसल चार्दै श्रीमतीको अगी पछी हिड्ने ।

सत्र. अफीसको कामले दिक्दार भएपनी, घरमा प्रवेश गर्ने बित्तिकै, खिस्स हास्ने र चुलो चौकामा साथ दिने ।

अठार.श्रीमतीका साथीहरूको सम्मान गर्ने र खाजा नास्ताको जोहो गर्ने अनि श्रीमतीकै साथी बीच बसेर कुरा सुनीदिने ।

उन्नाइस. आफ़्ना परिवार र साथीभाई माँझ श्रीमतीको प्रशंसा गर्ने । श्रीमतीका नराम्रा कुरा गर्दैनगर्ने ।

बिस.श्रीमतीले ल्याईदिएको सामान मन नपरे पनी आहा ठ्याकै मेरो मनले खोजेको पाए भनी तारीफ गर्ने ।

एक्काईस. श्रीमती कतै हिड्ने बेलामा श्रीमतीको पहिरनको टिकाटिप्पणी नगर्ने । सोधिहाले, अप्सरा झै देखीएकी छौ भनेर कालो टिका लगाई दिने ।

बाईस. श्रीमतीले किनेका कपड़ा र जोडेका सामान धेरै भयो भन्दै नभन्ने ।

तेईस. श्रीमती उठ्ने बित्तिकै चिया बनाउने, दूध चिनी धेरै थोरै भयो भने, फेरी अर्को कप चिया बनाएर दिने तर कैचि झै थुतुनो नचलाउने ।

प्रकाशित मिति May 14, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस