no-image

काठमाडौं, १ जेठ ।

कोरोना भाइरस संक्रमित पहिलो नेपाली युवाको भाइरस जेनेटिक विदेशी संस्थालाई अनुसन्धान दिएकोमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झासहित ६ जनामाथि कारवाही थालिएको छ । भाइरस अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषदले निर्देशक झासहित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाका निर्देशक बासुदेव पाण्डे, पूर्वनर्देशक

विवेकलाल कर्ण र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक अनुप बास्तोला, राष्ट्रिय प्रयोगशालाका डा. रञ्जीत साह र हेमन्त चन्द्र ओझालाई लिखित स्पष्टीकरण मागेको छ । सरकार र विशेषाधिकार निकायलाई थाहा नै नदिई अर्थात अनुमति नलिई कसरी विदेशी संस्थालाई भाइरस अनुसन्धान गर्न दिइयो ? भन्ने प्रश्नसहित सोधिएको स्पष्टीकरणको जवाफ एक साता भित्र पेश गर्न पनि परिषद्ले निर्देशन दिएको छ ।

परिषद्को ऐन २०४७ बमोजिम कुनै पनि मानव स्वास्थ्यसंग सम्बन्धी आनुवांशिकको अनुसन्धान कार्य गर्दा परिषद्को पूर्व स्वीकृति लिनु पर्ने प्रावधान रहेको छ । यता लिखित स्पष्टीकरण मागिएकी डाक्टर रुना झाले भने अहिलेसम्म आफुले पत्र खोलेर हेर्न नभ्याएको बताउनुभयो । उहाँले न्यूज २४ संग कुरा गर्दै प्रक्रिया पूरा गरेर नै अनुसन्धान गर्न दिएको जिकिर गर्नुभयो ।

परिषद्संग स्वीकृति नै नलिइन प्रष्टीकरण सोधिएको ६ जनाको टोलीले अनुसन्धान कार्य सम्पन्न गरी वैज्ञानिक लेख समेत प्रकाश गरेको पाइएकोले परिषदले कारवाही प्रक्रिया अगाडि बढाएको जनाएको छ । यता नेपाल स्वास्थ्य अनुसन्धान परिषदका निर्देशक डाक्टर प्रदीपराज ज्ञवालीले यस्तो गम्भीर विषयमा पनि अनुमति नलिनु गल्ती भएको बताउनुभयो । न्यूज २४ संग कुरा

गर्दै उहाँले कानून उल्लंघन गर्ने छुट कसैलाई नुहने बताउँदै कारवाही प्रक्रिया अगाडि बढाइएको पनि प्रष्ट पार्नुभयो ।
यस्तै जिन विज्ञकोरुपमा चिनिनु भएको डाक्टर समीरमणि दीक्षितले नेपालको पहिलो कोभिड केसप्रति धेरैको चासो देखिएको बताउँदै अनुसन्धान गर्न दिन अघि सरकार र संक्रमित व्यक्तिको समेत अनुमति अनिवार्य भएको

प्रष्ट पार्नु भयो । न्यूज २४ संग कुरा गर्दै उहाँले पहिलो संक्रमित चीनको वुहानबाट नै संक्रमण बोकेर आएकोले वुहान र त्यस बाहिरको भूगोलमा यस्को असर कस्तो हुने हो भन्ने अध्ययन प्रभावकारी हुन सक्ने बताउनुभयो । श्रोत: न्युज २४ बाट साभार

प्रकाशित मिति May 14, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस