no-image

काठमाडौं वैशाख ।

सांसद गंगा चौधरी {सत्गौवा} ले भारतले लिपुलेक हुँदै मानसरोवर जाने बाटो बनाएकाेप्रति आपत्ति जनाउनुभएकाे छ । सोमबार प्रतिनिधि सभाकाे बैठकमा बोल्दै सांसद चौधरीले भारतकाे उक्त कार्य निन्दनीय भएकाे बताउनुभयाे ।

आफूलाई विश्वमा धनी र ठूलो देश भनेर घमण्ड गर्ने भारत नेपालको अगाडि भिखारी र गरिब देश भएको समेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफूलाई विश्वमा धनी र ठूलो देश भनेर घमण्ड गर्ने भारत नेपालको अगाडि भिखारी र गरिब देश हो ।

सांसद चौधरीले भारतले नेपाली भूमि मिचेर बनाएको सकडविरुद्ध अन्तर्राष्ट्रिय अदालत जानुको अर्को विकल्प केही नभएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘भिख मागेर हाम्रो भूमि मिचेको भए बेग्लै कुरा हुन्थ्यो तर हाम्रो भूमि चोरेर बनाएको बाटोको विरुद्धमा हामी अन्तर्राष्ट्रिय अदालत जानुपर्छ, अरु विकल्प छैन । श्रोत: न्युज २४ बाट जस्ताको तेस्तै

प्रकाशित मिति May 11, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस