no-image

शीतल भट्ट,

बेलौरी कञ्चनपुर, बैशाख । भारतमा अलपत्र परेका नेपाली मजदुरले नेपाल सरकारलाई आफ्नो देश फर्काइदिन आग्रह गरेका छन् । भारतको सुरत, हरियाणा, हैद्रावाद, मुम्बई, बैङ्लोर, र दिल्ली लगायतका क्षेत्रमा अलपत्र परेका हजारौं नेपाली नागरिकले नेपाल फर्काइदिन अनुरोध गरेका हुन् । भारतको सुरतमा एक सय भन्दा बढी नेपालीको व्यक्तिगत

खर्चबाट उद्दार गरिरहेका दैलेख नवीन शर्माले भारतमा भोकमरी र अलपत्र परेका नेपालीलाई तत्काल राहत तथा उद्दारको व्यवस्था मिलाइदिन नेपाल सुमेत सरकारसंग निबेदन गरेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बढी प्रभावित देशहरुमा रहेका नेपालीहरुलाई रोग, भोक र शोकको डरले त्रसित बनाएकोले उनीहरुको अवस्था दयनीय बन्दै गएको छ ।

अहिले स्थानीय, प्रदेश र प्रतिनिधि सभाका जनप्रतिनिधि सहित राजनीतिक दलका प्रतिनिधि र पत्रकारहरुसंग उद्धारको पहलका लागि प्रवासमा रहनु भएका नेपालीहरुले निरन्तर संवादको क्रमलाई जारी राखेका छन् । भारतमा अलपत्र प्रवासी ग्रुपका नेतृत्वकर्ता रामप्रसाद काफ्लेले रोजगारीको सिलसिलामा भारतमा रहेका सम्पूर्ण नेपाली नगरिकहरुलाई स्वदेश फर्काइदिन सरकार र सरोकारवाला निकायसंग आग्रह गरेका छन् ।

कञ्चनपुरसंग जोडिएका भारतीय सीमा क्षेत्र बनबासा, टनकपुर, पलिया लगायतका क्षेत्रका क्वारेन्टाइनमा रहेका ३ सय भन्दा बढी नेपाली नागरिकहरुले पनि यथाशीघ्र उद्धारका लागि सरकारसंग बिन्ति गरिरहेका छन् । रुद्रपुर र काशीपुरका क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई घर जाऊ भनी क्वारेन्टाइनबाट निष्काशन गरेपछि उनीहरु अहिले भारतकै खटिमामा अलपत्र परेका छन् ।

अलपत्र नेपालीहरुलाई अहिलेको अवस्थामा नेपाल भित्र्याउन नसकिने बताउनु हुँदै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले भारतीय अधिकारीहरु र दूतावाससंग समन्वय गरेर त्यहीँ व्यवस्थापनको क्रम जारी रहेको जानकारी दिनुभयो ।
उहाँले गृहमन्त्रालयबाट निर्देशन आएपछि भने अलपत्र नेपालीहरुको उद्धार गर्नसकिने बताउँदै आउनु भएको छ ।

भारत तथा तेस्रो मुलुकमा रहेका अलपत्र नेपाली नागरिकहरुलाई सरकारले स्वदेश फर्काउने वातावरण बनाउनु पर्ने र चेकजाँचलाई तीब्रता दिनुपर्ने तथा प्रदेश सरकार र स्थानीय सरकारले क्वारेन्टाइनमा राख्ने लगायतका व्यवस्थापकीय तयारी गर्नुपर्ने सरोकारवालाहरुको सुझाव छ । श्रोत: न्युज २४ बाट

प्रकाशित मिति May 11, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस