no-image

काठमाडौ ।

केही समय अगाडी वैदेशिक रोजगारीका क्रममा कतार पुगेका दुई सय पचास जना नेपाली कामदार फर्काइएका थिए । कोरोनाको संक्रमण फैलिरहँदा कतार प्रहरीले प क्राउ गर्दै उनीहरूलाई नेपाल फर्काएका हुन । तीमध्ये चौरानब्बे जना नेपाली कामदारले नियमअनुसार पाउनुपर्ने रकम नेपाल आइपुगेको छ ।

कतारमा रहेको नेपाली दुतावासले आज एक विज्ञप्ती जारी गर्दै कतार सरकारद्वारा विभिन्न कारणले गत मार्च २०२० मा नेपाल फर्काइएका कामदारको रकम नेपालस्थित कन्सुलर सेवा विभाग काठमाडौंमा पठाइएको जानकारी दिएको हो । कतारको AI Bandary Engineering Trading & Contracting Company

मा कार्यरत चौरासी जना तथा Aluminum Gulf Ray कम्पनीमा कार्यरत दश जना नेपालीले नियमअनुसार पाउनुपर्ने रकम नेपाल पठाइएको जनाएको छ । कतारस्थित नेपाली राजदुतावासले जारी गरेको प्रेस विज्ञप्ती । AI Bandary कम्पनीबाट चौरासी जना नेपाली कामदारले पाउनुपर्ने रकम कतारी

रियाल तिन लाख छ्यालिस हजार तिन सय र Alumunium Gulf Ray कम्पनीमा कार्यरत दश नेपालीले पाउनुपर्ने छब्बिस हजार आठ सय एक गरी जम्मा तिन लाख तिरतहर हजार एक सय एकाईस कतारी रियाल नेपाल आइपुगेको छ । आजको विनिमय दर (एक कतारी रियल बराबर त्तेतिस रुपैया एक्काईस पैसा) ले हिसाव गर्दा नेपाली रकम रु एक करोड तेईस लाख एकान्न्बे हजार तिन सय अडचालिस रुपैंया एकचालिस पैसा नेपाल आइपुगेको हो ।

प्रकाशित मिति May 8, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस