काठमाडौं छिर्ने नाका ठप्प पारियो पास लिएका सवारीमा पनि कडाइ थालियो

अहिले नेपालमा कोरोना भाईरस कोभिड १९ बढदो क्रममा छ । देशभर लकडाउन लगाए पनि मान्छे हरु एक एक बाहाना गर्दै बाहिर निस्केका धेरै छन । यो अबस्थामा सरकारले दिएको लकडाउन को पुर्ण रुप मा पालाना गरौ । प्रहरीले काठमाडौँ उपत्यका भित्रिने नाकाहरुमा थप कडाइ गरेको छ । लकडाउनलाई थप कडाइ गर्न प्रधानमन्त्री केपी

ओलीले गृहमन्त्रीलाई निर्देशन दिएपछि प्रहरीले उपत्यका भित्रिने नाकामा थप कडाइ गरेको हो । नाकामा खटिएका सुरक्षाकर्मीलाई अत्यावश्यक सवारीलाई मात्र छिर्न दिने निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालयबाट जारी भएको पास लिएर पनि मानिस काठमाडौं छिर्ने गरेका थिए । तर, अहिले अत्यावश्यक सवारीलाई पनि चेक गरेर प्रवेश गराउने गरिएको छ ।

अनावश्यक रुपमा सडकमा निस्किने, प्रहरीको आग्रह नमान्ने तथा तोकिएका बाहेकका पसलहरु सञ्चालन गर्ने व्यक्ति तथा सवारी साधनलाई आज बिहानै विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको छ । लकडाउनमा कार्यान्वयनमा कडाइ गर्न मुख्य सडकदेखि भित्रि सडकहरुसम्म बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ ।

त्यस्तै वैशाख २५ गतेपछि लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा समेत छलफल भइरहेको छ । तीन जोनमा विभाजन गरेर लकडाउनमा परिवर्तन गर्न तयारी भएको छ । त्यसैले सुरक्षित जोन मानिएको स्थानलाई कसरी कभर गर्ने विषयमा समेत छलफल जारी छ । उपत्यका भित्रिने नाकालाई व्यवस्थित गर्न सुरक्षा निकायले तयारी गरिरहेको छ । यो खबर हामिले न्युज २४ बाट साभार गरिएको हो ।

प्रकाशित मिति May 5, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस