no-image

काठमाडौं ।

नेपालमा सात वर्षको बच्चामा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आइतबार (आज) सात बर्षीय बच्चामा पनि कोरोना संक्रमण देखिएको जनाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज कोरोना पुष्टि भएका नेपालगञ्जका

९ जनामध्ये एक जना सात वर्षको बच्चा पनि रहेको जानकारी दिए । तर संक्रमण देखिएका बालक वा बालिका भन्नेबारेमा भने उनले केही खुलाएनन् । नेपालमा सानो उमेरमा कोरोना पुष्टि भएको यो पहिलो घटना हो । तेस्तै गरि अहिले नेपालमा कोरोना संक्रमितको संख्या ८४ पुगेको छ । आइतबार राति थप ९ जनामा कोरोना संक्रमिण पुष्टि भएसँगै संक्रमितको संख्या ८४ पुगेको छ ।

यसअघि आइतबार दिउँसो बाँकेको नेपालगञ्जमा १५ र वीरगञ्जमा एकजनामा कोरोना देखिएको थियो । आइतबार मात्रै २५ जनामा कोरोना भेटिएको छ । तीमध्ये २४ जना नेपालगञ्जका छन् । नेपाल मा अहिले धमाधम कोरोना बढदो क्रम मा छ । नेपाल सरकारले दिएको लकडाउन को पुर्ण पालना गरौ आफू पनि बचौ अरुलाई पनि बचाउ । तँपाईलाई यो समाचार पढेर कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा कमेन्टमा लेख्नुहोला ।

प्रकाशित मिति May 3, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस