कोरोना विरुद्धको भ्याक्सिनले सफलता पाए १ सय मिलियन डोज उत्पादन गरिने

अहिले कोरोना भाईरस ले देशलाई नै समस्या जुटाएको छ । बिश्वभर नै यस्ले आतंक मच्चाएको छ । गतहप्ता बेलाएतमा यश कोरोना भाईरसको विरुद्ध को मानिस मा परिक्षण गरिएको थियो । बेलायतका वैज्ञानिकहरु कोरोना भाइरस संक्रमणको भ्याक्सिन परीक्षणमा व्यस्त छन् । यदि कोरोनाविरुद्धको भ्याक्सिनले काम गर्यो भने गर्मी महिनाको सुरुमा नै थाहा हुने वैज्ञानिकहरुले बताएका छन ।

गत हप्ता अक्सफोर्ड विश्वविद्यालयको खोप टोलीले कोरोना भाइरस संक्रमणविरुद्धको भ्याक्सिन मानवमा परीक्षण गर्न सुरु गरेको छ । उक्त टोलीले अहिले खोपको विशाल रोल आउटको लागतका लागि फर्मास्यूटिकल विशाल एस्ट्राजेनेकासंग सम्झौता गरेका छन् । यदि गत हप्ता मानवमा परीक्षण गरिएको भ्याक्सिनको ट्रायलले सफलता हासिल गरेमा यो वर्ष कम्पनीले एक सय

मिलियन डोज उत्पादन गर्ने जनाएको छ । अक्सर्फोर्ड युनिभर्सिटीका मेडिसिनका रेगियस प्रोफसर जोन बलले भनेका छन । ‘सयौं स्वयंसेवकहरुलाई प्रयोगात्मक इन्जेक्सन दिइसकेको छ । उनले अगाडि थपे, ‘टोलीले जुनको मध्यसम्म केही ठोस निकाल्ने गरी काम गरिररहेको संकेत दिएको छ । भ्याक्सिन परीक्षणले सफल भएमा मानिसहरुको जीवन कोरोनाबाट मुक्त भएर पहिलेको

सामान्य जीवनमा फर्कनको लागि महत्वपूर्ण भूमिका खेल्ने अधिकारीहरुले जनाएका छन् । भ्याक्सिन परीक्षण ८० प्रतिशत सफल भएको अक्सफोर्ड परियोजनाका प्रमुख अनुसन्धानकर्ता प्रोफेसर सारा गिलबर्टले बताएका छन् । जोनसनले बीबीसी टुडेको कार्यक्रममा एस्ट्राजेन्कासंगको साझेदारीले यसलाई छिटोे बाहिर ल्याउन सकिन्छ भन्ने कुरा सुनिश्चित गर्दछ ।

एस्ट्राजेनेकाका बास्क पास्कल सोरियटले खोपमा लगानी गर्नु भनेको जोखिमपूर्ण रहेको र यसलाई महामारीबीच लागत मूल्यमा आपूर्ति गरिने बताउनुभयो । हामिले यो खबर न्युज 24 बाट लिइएको हो ।

प्रकाशित मिति May 1, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस