खाने चामल नहुँदा बसपार्कमा भोकभोकै गायिका, सहयोग लिएर कोठामै पुगे शिशिर (भिडियो हेर्नुस)

अहिले यति बेला कोरोना भाईरस कोभिड १९ ले देश नै समस्या मा परेको छ । यो भाईरसको कारण ले देश पुरै कलडाउन भएको छ । अहिले घर भन्दा बाहिर निस्कन अनुमती दिईएको छैन । यस्तै यो समय मा काम गरेर खाने हरेक नेपाली लाई बिहान खाए बेलुका के खाने भन्ने ठूलो समस्या भएको छ ।

आज एक महिला तथा गायिका आफ्नो मन बाट निकै नै ठूलो सहयोग गरेका छन । यो लकडाउनको समयमा देशैभरी धेरै नेपालीहरु भोकका कारण समस्यामा छन । सवारी बन्द भएका कारण सबैतिर सेवा पुराउन सकिएको छैन । तर कलाकार तथा समाजसेवी शिशिर भण्डारीले भने काठमाडौंभित्र भोको रहेकाहरुको पेट भर्ने प्रयाश छोडेका छैनन् ।

शिशिरले एक अनाथ आश्रममा आफ्नो व्यक्तिगत सहयोग, कलाकार मेघराज खड्कालाई सहयोग साथै अन्य उपचार खर्च नपाएकाहरुलाई सहयोग गरिसकेपछि एक गायिकालाई सहयोग गरेका छन् । बसपार्कमा भोकै रहेकी गायिकालाई शिशिरले चामल, नुन, तेल लगायतका खाद्य सामग्रीहरुको सहयोग गरेका हुन् । केहि दिनदेखि भोको रहेकी जुनु बिरहीले दुखले भरिएका केहि गीत दर्शक, श्रोता माँझ ल्याएकी छिन् ।

उनि एक दोहोरी साँझमा काम गर्थिन् । तर लकडाउनकै कारण देखाएर दोहोरी साँझमा काम गर्ने उनले तलब पाईनन् र यो समस्या आईपर्यो । शिशिरले जुनुलाई केहि नगद सहयोग पनि गरेका छन । सम्मान छ शिशिर आँफुलाई आज एक दुख पाएकी जुनुलाई सोचेभन्दा ठूलो सहयोग गरेकोमा हेर्नुहोस शिशिर ले गरेको दुखको कुराकानी भिडियो ।

प्रकाशित मिति May 1, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस