चर्चित कलाकार भद्रगोलका सुबास कार्कि (बेलासे) कोरोनासँग लड्दै

लोकप्रिय हाँस्य टेलिश्रृंखला भद्रगोलका निर्माता तथा कलाकार सुवास कार्की (बेलासे) लण्डनमा कोरोनासँग लडिरहेका छन् । झण्डै २ वर्षदेखि लण्डनमा बस्दै आएका कार्की हालै कोरोना भाईरस कोभिड १९ बाट संक्रमित भएका हुन । कोभिड १९ पुष्टी भएपछि सुवास हाल लण्डनस्थित निवासमै सेल्फ आइसुलेसनमा छन ।

सुवासले न्यूज अफ नेपालसँग कुरा गर्दै लण्डनमा कोरोना संक्रमण फैलिन थालेपछि कतिपय साथीभाई नेपाल फर्के पनि आफु नेपालको तुलनामा लण्डनमा राम्रो उपचार हुने ठानी उतै बसेको प्रष्ट्याए । ‘म यहाँ कन्सियर्ज (सुरक्षासम्बन्धि काम) को काम गर्छु । लण्डनमा कोरोना भाईरस बढ्न थालेपछि साथीहरु नेपाल फर्कनुभयो ।

बुढीको हस्पिटलको जागिर, छोराको नजिकिँदो एसएलसी, छोरी सानी भएको र घर भर्खर किनेको कारण म लण्डनमै बसेँ। यहाँ केही भईहाल्यो भने पनि राम्रा हस्टिल छन्, स्वास्थ्य सेवा राम्रो छ, उपचार राम्रो हुन्छ भनेर नेपाल फर्किनं । कोरोनाले उग्र रुप लिएपछि यहाँको सरकारले लकडाउन गर्यो सुवासले न्यूज अफ नेपाल डट कमलाई सुनाए ‘बुढी बीना हस्पिटलमा काम गर्छिन ।

हामी दुबैजना अत्यावशकिय सेवामा भएकाले काममा जानु पथ्र्यो र गई रहयौं पनि। बुढीले पछि मेरो सल्लाहमा एनुएल लिभ लियो। मेरो काममा रिस्क नभएकाले मचाहिँ सेवामा गईरहेँ । सुवासका अनुसार सेवामा जाँदा र सानी छोरीका लागि दुधलगायतका खाद्य पदार्थ खरिद गर्न जाँदा उनी सँधै भिडभाडको सामना गर्दथे । उता उनको कार्यालयका

साथीहरु भने दुई सातासम्मका लागि सेल्फ आईसुलेनमा बस्न विदा लिन पाउने नियमानुसार भटाभट विदामा बस्न थालेका थिए । ‘साथीहरु साँच्चै नै विरामी भएर सेल्फ आईसुलेटमा बसेका हुुन् होइनन त्यो उनीहरुलाई नै थाहा होला । तर हामी नेपाली इमान्दार हुने भएकाले ढाँट्ने कुरा थिएन ।

विस्तारै आफुसित काम गर्ने साथीहरुसँग पनि डराउनुपर्ने अवस्था आउन थाल्यो । भएन भनेर २ हप्ताको लागि एनुएल लिभ लिएँ । सुवास विदा लिएर घर पुग्दा उनको पत्नी विदा सकिएर ड्युटी गईसकेकी थिइन । छोरी उनलाई कुरिरहेकी थिइन । सुवासले सधैंजस्तो नुहाई धुवाई गरी ओरी छोरीका लागि खाना बनाए, खुवाए । भोलिपल्ट सुवासलाई अचानक थकान र जिउ दुखेको महशुष भयो ।

स्वास्थ्यकर्मी पत्नीले उनको ज्वरो नापिन । ज्वरो १०२.६ देखिएपछि प्यारा सिटामोल, पानी खुवाइन । त्यस दिनदेखि सुवास छुट्टै कोठामा सुत्न थाले, छुट्टै शौचालय प्रयोग गर्न थाले । अस्पताल पुगेर दिनभर बसी पूरै शरीर परिक्षण गरे पनि चिकित्सकले उनको कोरोन जाँच भने गरेनन । भनेछन् ‘सिरीयस कन्डिसनमा आएको र यहाँ भर्ना भएकाको मात्र कोरोना टेष्ट गर्छौं ।

चमेलीले पनि खोक्न थाली । म झन झन गल्दै गएँ । खाना रुच्नै छोडेको छ । वास्ना फिटिक्कै आउँदैन । अब त म मर्छुजस्तो लाग्थ्यो सुवासले सुनाए ‘मलाई कोरोना भईसक्यो भन्ने अनुमान भयो । धेरै गाह्रो हुँदै गएपछि बीनाले हस्पिटलमा फोन गरिन । हस्पीटलले स्वाब टेष्ट गर्यो । रिपोर्ट आउन ४८ घण्टा लाग्ने रहेछ, रिपोर्टबाट कोरोना पुष्टी भयो ।

मलाई मेरो सबै अंगले काम गर्न छोडीसक्योजस्तो लाग्न थालेको छ । अब बाँच्दिन भनेर मनमा धेरै कुरा खेल्न थालेको छ । सुवासले आफ्ना मनमा खेलेका सबै कुरा पत्नीलाई सेयर गर्न सकेका छैनन । बरु एउटा डायरीमा लेखेका छन् ‘दिन बित्दै गयो । गाह्रो माथि गाह्रो हुन थाल्यो । बेडबाट उठ्नै नसक्ने भएँ ।

मैले म विरामी छु भनेर नेपालमा कसैलाई भनेको छैन । बिनाले ससुरालीमा भनेको रहेछ । लण्डनका थाहा पाउने साथीभाईले पनि सान्त्वना दिईरहेका छन । मैले यस्तो विकसित देशमा त केही हुदैन भन्ठानेको थिएँ, तर हस्पिटलको सेकेण्ड रिपोर्टमा पनि कोरोना पोजेटिभ आएको छ । आतिएर डराउली भनेर मैले घरको जिम्मवेवारीको सबै कुरा बुढीलाई भन्न सकेको छैन ।

प्रकाशित मिति April 29, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस