
१६ वैशाख, काठमाडौं । बुद्ध एयरले बंगलादेशको ढाकाबाट एक जना नेपाली छात्रालाई ।
काठमाडौं ल्याएको छ । बुद्ध एयरले रेस्क्यू उडान गरी नेपाली विद्यार्थीलाई काठमाडौं ल्याएको हो ।
छात्राका परिवारले सरकारसँग रेस्क्यू उडानका लागि अनुमति लिएका थिए ।
जहाज चार्टर्ड समेत सोही परिवारले गरेको हो । बुद्ध एयरका एक उच्च अधिकारीले भने ।
‘छात्रा गम्भीर बिरामी रहेको र उनको रेस्क्यू उडान गर्नुपर्ने भएपछि हामीले काठमाडौं ल्याएका हौं ।
बुद्धले केही दिन अगाडी बंगलादेशमै रहेका नागरिकलाई लैजान ढाकामा चार्टर्ड उडान गरेको थियो ।
बंगलादेशमा मेडिकल विद्यार्थीहरुको बाहुल्य रहेको छ ।कोरोनाको संक्रमण बढ्दै गएपछि । ४ चैत यता नेपालमा राष्ट्रिय–अन्तर्राष्ट्रिय उडान बन्द रहेको छ ।
प्रकाशित मिति April 29, 2020