
काठमाण्डौ – कतार सरकारले नेपाललाई दिएको औषधी र उपकरण काठमाण्डौ आइपुगेका छन् ।
कतार सरकारले नै चाटर्ड गरेर पठाएको कतार एअरवेजको जहाजले औषधी र उपकरण ल्याएको हो ।
कतार फन्ड फर डेभलपमेन्टले नेपाललाई चाहिने अत्यावश्य सामग्री सहयोगको रुपमा नेपाल पठाइएको जनाएको छ ।
फन्डका निर्देशक खालिफा विन जसिम अल कुवारीले कोरोनासँग जुधिरहेको नेपाललाई ।
मित्रराष्ट्रका हैसियतले सामग्री पठाएको बताउनुभएको छ । १० टन मेडिकल सामग्री ।
बोकेको कतार एयरवेजको जहाज मंगलबार राति त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।
प्रकाशित मिति April 29, 2020