नायिका पूजा शर्माको आज जन्मदिन फोटोमा छोएर शुभकामना दिनुहोस

काठमाडौं ।

नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय अनि चर्चित नायिका पूजा शर्माको आज जन्मदिन परेको छ । कोरोना भाइरसबाट बच्न घरमै लकडाउनको पालना गरेर बसेकी नायिका शर्माले आज आफनो २८ औँ जन्मदिन मनाउँन लागेकी हुन । थ्री लभर्स नामक चलचित्रबाट आफनो यात्रा सुरुवात गरेकी पुजा बिषेशगरी प्रेम गीत र राम कहानी को सफलतापछि चर्चामा पुगिन ।

म यस्तो गीत गाउँछु र राम कहानी मार्फत चलचित्र निर्माणमा समेत हात हालेकी हुन् । चैत २३ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र “म यस्तो गीत गाउँछु २ कोरोना भाइरसको कारण स्थगित भएपछि अहिले नायिका पूजा शर्मा फुर्सदमा छिन् । तर, उनको सामाजिक सञ्जालमा भने झनै चुलिएको छ । केही समय अगाडि लकडाउनको प्रभावमा परेका चलचित्र प्राविधिक

परिवारलाई नायिका शर्माले घरमै पुगेर राहत वितरण गरेकी थिइन् । त्य अर्की नायिका सुष्मा कार्की सँग नाम जोडेर अहिले फेरि पूजा शर्मा जताततै चर्चा चलिरहेको छ । नायिका पूजा शर्माको जन्म १९९२ मा आजकै दिन सिन्धुपाल्चोकमा भएको हो ।

नेपाली चलचित्रमा नायिका शर्माले २०१२ देखि पाइला चालेकि हुन । उनको पहिलो चलचित्र हो थ्री लभर्स दोस्रो चलचित्र ‘अझैपनि” हो, त्यसपछि नायिका शर्मा सन्तोष सेनद्वारा निर्देशित चलचित्र प्रेमगीत बाट ह्वात्तै चर्चामा आएकी हुन् ।

प्रकाशित मिति April 29, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस