no-image

१४ बैशाख, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा सांसद डा. डिला संग्रौलाले विश्वव्यापी रुपमा ।

फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट विदेशमा रहेका लाखौं नेपाली श्रमिक पनि नराम्ररी ।

प्रभावित भएको भन्दै विदेशमा अलपत्र अवस्थामा रहेका श्रमिकहरुको उद्धार र इच्छुकहरूलाई तत्काल स्वदेश ल्याउन सरकारसंग माग गरेकी छन् ।

आइतबार श्रम मंत्री रामेश्वर राय यादवलाई एक ज्ञापनपत्र पठाउंदै सांसद संग्रौलाले विभिन्न मुलुकमा कोरोना बाहेकका कारणले ज्यान गुमाएका ।

एक सय भन्दा बढी श्रमिकहरूको शव भएको जानकारी आएको र उनीहरूको शव यथाशिघ्र नेपालल्याई ।

सम्बन्धित परिवारलाई जिम्मा लगाउने व्यवस्था मिलाउन माग गरेकी छन् ।

छायां श्रम मंत्री पनि रहेकी सांसद संग्रौलाले कोरोना महामारीपछि सिर्जना हुने ।

भयावह बेरोजगारी समस्या समाधानका लागि सरकारले पूर्व तयारी गर्न आवश्यक छ भन्दै ।

उनले आन्तरिक रोजगारी सृजना र प्रवर्द्धन गर्ने कार्यक्रम तत्काल ल्याउन माग गरेकी छन् ।

न्यून आय भएका, एकल महिला, अपांग, गरीबीको रेखा मुनि रहेका तथा सीमान्त समुदायका मानिसहरुको ।

पहिचान गरी कम्तिमा आउंदो छ महिनाका लागि न्यूनतम मासिक ५ देखि ७ हजार रुपियाँ तत्काल ।

उपलब्ध गराउने व्यवस्था मिलाउन तथा सामाजिक सुरक्षा भत्ता पाइरहेका व्यक्तिहरुका लागि ।

कम्तीमा तीन महिनाको भत्ता अग्रिम उपलब्ध गराउने व्यवस्था गर्न समेत सांसद संग्रौलाले माग गरेकी छन् ।

प्रकाशित मिति April 29, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस