अमेरिकामा थप एक नेपालीको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गयो

कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा थप एक जनाको मृत्यु भएको छ । इनोभा फेयर ओक्स अस्पतालमा २० दिन अघिदेखि उपचाररत भर्जिनिया राज्यको सेन्टरभिलमा बसोबास गर्दै आएका महेश पन्थीको निधन भएको हो ।

उनको उपचारको क्रममा मंगलबार बिहान निधन भएको हो । पन्थी १० बर्षअघिबाट आमा, श्रीमती, एक छोरा र एक छोरीसँग अमेरिका बस्दै आएका थिए । त्यहाँको स्थानीय भलिबल खेलाडीसमेत रहेको खुलेको छ ।

अमेरिकामा हालसम्म १० लाख ३५ हजार ७७५ जना कोरोना संक्रमित फेला परेका छन् । जसमा ५९ हजार २६६ को ज्यान गइसकेको छ

प्रकाशित मिति April 29, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस