no-image

धादिङका रञ्जित गौली कोभिड–१९ को सङ्क्रमणपछि घरमै आराम गरी अहिले निको हुनुभएको छ ।

अमेरिकाको न्यूयोर्कमा बस्दै आउनुभएका ३१ वर्षीय गौलीले कोरोना भाइरसको सङ्क्रमण पुष्टि ।

भएस“गै चैत १५ (मार्च २८) देखि घरमै सेल्फ आइसोलेसनमा बसेर आफूलाई निको बनाउनुभएको हो ।

पाँच वर्षअघि अमेरिका आउनुभएका गौली अमेरिकी सेनाको रिजर्भ फोर्समा कार्यरत हुनुहुन्छ ।

कोभिड–१९ को त्रास बढिरह“दा आफूलाई समेत सङ्क्रमण भएपछि केही आत्तिएको तर घरमै सेल्फ आइसोलेसनमा बसेर चिकित्सकको ।

सल्लाहबमोजिमको गतिविधि गरेपछि अहिले स्वस्थ अनुभव गरेको उहा“ले बताउनुभयो । “झण्डै १० दिन कोरोनाविरुद्वको लडाइँमा अन्ततः मैले जित्न सकेँ ।

यसका लागि आत्मबल बलियो हुनु जरुरी छ । ठूलो औषधि भनेकै सकारात्मक सोच रहेछ”, गौलीले राससस“ग भन्नुभयो, “मुख्य कुरा म तन्दुरुस्त छु,।

मलाई सर्दैन भनेर कसैले नसोच्नुहोला र सङ्क्रमण भइहाल्यो भने हेलचेक्र्याई नगर्नुहोला ।

कोरोना लाग्दैमा मरिन्छ भनेर डराइनहाल्न अनुरोध गर्दै गौलीले लागेको खण्डमा पनि घरमै बसेर आफ्नो प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक खाना खाने ।

र चिकित्सकको सल्लाहअनुरुप गतिविधि गर्दा यो रोगमाथि जित हासिल गर्न सकिने आफ्नो अनुभवलाई ।

साट्नुभयो । शुरुमा ज्वरो आएको, ज्वरोपछि खोकी लागेको, ज्वरो घट्दै नघटेको र विस्तारै दिनहरु ।

बित्दै जा“दा श्वास फेर्न कठिन भएको स्मरण गर्दै गौलीले भन्नुभयो, “तर, आफ्नो आत्मबल बढाउ“दै ।

चिकित्सकको सल्लाहअनुरुपका गतिविधि गरे, आफूलाई भित्रबाट हार्न नदिन म लागिरहे । अहिले आराम अनुभव गरेको छु ।”

प्रकाशित मिति April 28, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस