no-image

काठमाडौँ — मेरा बुबा र आमा १४ बर्षअघि बेल्जियम जानु भएको हो । त्यति बेला म सानै थिएँ ।

गाउँमै पढ्न थालेकोले हजुरबुबा हजुरआमासँगै बसें । मेरा भाइ र बहिनी बेल्जियममै जन्मिए ।

बेलाबेला बुबाआमा नेपाल आउनुहुन्थ्यो अनि फर्किनुहुन्थ्यो । मलाई बुबाआमा फर्केपछि नरमाइलो लाग्थ्यो ।

मलाई पनि आफ्ना बुबाआमा भएको ठाउँमा जान मन थियो। घुम्न जाने भनेर बुबाआमाले पनि भनिरहनु भएको थियो। तर समे मिलेको थिएन ।

माघको तेस्रो साता त्यो मौका मिल्यो।बुबा आमाले भिसा मिलाइदिनुभयो। म बेल्जियम गएँ। बिकसित देश, नौलो ठाउँ, बुबाआमा र भाइबहिनीसँग भेट्ने रहर पूरा भएकोमा म निकै खुसी थिएँ ।

मलाई लामो समय बस्न मन थियो। त्यसैले बीचमा बुबा नेपाल आउँदा पनि म आइत। साढे दुइ महिना बसें। वैशाख पहिलो साता परीक्षा सुरु हुने ।

भएकाले आउनुपर्ने भयो। व्यवस्थापन बिषय पढेकोले अध्ययनमा समय धेरै दिनुपर्ने ठानेर घर फर्कने ।

योजनामा थिएँ।म फर्किने बेलासम्म चीन र युरोपका धेरै देशमा कोरोनाको त्रास फैलिइरहेको थाहा पाएकी थिएँ ।

तर, घरपरिवार सुरक्षित थियौं। बाहिरी व्यक्तिहरुसँग सम्पर्क नगरेपछि सर्दैन भन्ने लागेको थियो। त्यसैले आफैंलाई लाग्ला भन्ने सोच्दै सोचिएको थिएन ।

परीक्षाको तयारीका लागि आउनु पर्ने भएकाले आमाले टिकट किनिदिनुभयो। चैत ४ गते कतारको दोहा हुँदै काठमाडौं आउने टिकट थियो। आफन्त पर्ने मनकुमारी पौडेल पनि सँगै भएकोले साथी पनि भइयो ।

काठमाडौं आएपछि लिन आउनु भएका आफन्तसँग सोझै अर्को प्लेनमा हामी दुवै पोखरा आयौं ।

पोखराबाट जिप चढेर घर पुगें। त्यतिञ्जेल कोरोनाको कुनै शंका थिएन। यो कुरा मनमा पनि आएको थिएन।

प्रकाशित मिति April 28, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस