म्याराडोना भन्छन रोनाल्डिन्हाे कुनै अपराधी होइनन्, आदर्श खेलाडी हुनु मात्र उनको दोष हो ।

विश्वकप विजेता तथा ब्राजिलका पूर्वस्टार फुटबलर रोनाल्डिन्हो केही महिनाअघि पाराग्वेमा पक्राउ परेका थिए । उनलाई पाराग्वेमा नक्कली पासपोर्ट बोकेको भन्दै पक्राउ गरिएको थियो ।

पक्राउ परेका उनलाई त्यहाँको प्रहरीले जेलसमेत राखेको थियो । जेल परेको केही समयपछि उनले रकम धरौटी राखेर जेलमुक्त भने भएका छन् । तर उनलाई पाराग्वे छाडेर आफ्नाे मुलुक ब्राजिल आउन भने दिइको छैन् ।

यस बिषयमा विश्वका फुटबलर हस्तीहरुले आफ्नै आफ्नै बिचारहरु राखिराखेका छन् । यसैक्रममा अर्जेटिनाका महान् खेलाडी डिएगो म्याराडोनाले रोनाल्डिन्हो कुनै अपराधि नभएको तर्क राखेका छन् ।

उनले भनेका छन् – ‘उनी कुनै अपराधी होइन । कामका लागि गएका हुन् । आदर्श खेलाडी हुनु मात्र उनको दोष हो । उनी मेरो साथी हुन् र बाचुन्जेल रहन्छन् ।’

३९ वर्षीय रोनाल्डिन्हो सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा टिमका सदस्य थिए । सन् २०१५ मा अवैधरुपमा माछा मारेका कारण उनलाई ब्राजिल सरकारले कारबाही गरेको थियो । त्यसपछि सन् २०१८ मा पर्यावरण कानुन उल्लङ्घन गरेको आरोपमा उनी अर्को कारबाहीमा परेका थिए ।

त्यसपछि उनलाई ब्राजिलको पासपोर्टबाट सरकारले बञ्चित गराएको थियो । भाइसँगै पक्राउ परेका उनीहरु अहिले पाराग्वेको होटलमा बसिरहेका छन् ।

प्रकाशित मिति April 27, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस