no-image

नयाँदिल्ली । भारतको मध्यप्रदेशको खरगौन जिल्लामा शुक्रबार एकैसाथ ९ नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

यो घटनापछि सो क्षेत्रमा त्रासको वातावरण बनेको छ । यो घटनाको यो विषय यसकारण चर्चामा छ कि, ती ९ मध्ये ६ संक्रमित एउटै गाउँका छन् ।

गाउँका एक नाई(कपाल काट्ने हजाम)को कपडाबाट ती ६ जनामै कोरोना संक्रमण फैलिएको समाचारमा दाबी गरिएको छ ।

सो नाईको सलुनमा कपाल तथा दाह्री काट्नेहरुलाई संक्रमित कपडाबाटै कोरोना सरेको बताइएको छ । इन्दौरको सेफी होटलमा वेटरको रुपमा काम गर्ने ।

मनोज कुशवाहलाई ५ अप्रीलमा कोरोना संक्रमण पुष्टि भएको थियो । जब उनको हिस्ट्रीको सोधीखोजी गरियो, तब उनले गाउँकै एक नाईको ।

सलुनमा कटिङ र सेभिङ गराएको बताए । उनले लगाएको कपडा प्रयोग गरेर नाईले गाउँका अन्य १० जनाजतिको कपाल र दाह्री काट्ने काम गरेका थिए ।

यी सबै मानिसहरुको नमूना परीक्षण गरिएको थियो । जसमध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो गाउँमा हालसम्म ९ जना संक्रमित फेला परिसकेका छन् । यहीकारण स्थानीय प्रशासनले सो गाउँलाई नै पूर्ण रुपमा शिल गरेको छ । माथी दिएको फोटो काल्पनी मात्र हो ।

प्रकाशित मिति April 26, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस