
अमेरिकामा कोरोनाको संक्रमणबाट एक नेपालीको ज्यान गएको छ । ज्यान जानेमा लोकेन्द्र कार्की रहेका छन् ।
उनको कोरोनाका कारण ज्यान गएको हो । अमेरिकामा हालसम्म ५४ हजार बढीको कोरोनाका कारण ज्यान गएको छ ।
अमेरिकाको कोलोराडो राज्यको बोल्डरमा लामो समयदेखि परिवारसँग बस्दै आएका लोकेन्द्र कार्कीको शुक्रबार कोरोनाको संक्रमणबाट मृत्यु भएको बताइएको छ ।
कार्कीका दुई छोरी र एक छोरा छन् । कोरोनाभाइरसका कारण अमेरिकामा मृत्यु हुनेको संख्या तिव्र गतिमा बढिरहेको छ ।
११ दिनअघि उनी कोभिड–१९ को उपचारका लागि अस्पताल मा भर्ना भएका थिए । नेपालमा बिराटनगर उनको घर रहेको जनाइएको छ ।
प्रकाशित मिति April 26, 2020