ओलि सरकारले ८० करोड राहत कहाँ बाडयो प्रमाण मिडियामा देखाउ: ज्वाला संग्रौला

अहिले देश भर कोरोना का कारण बिश्वनै पुरै लकडाउन मा छ । यो समय मा गरेक नगरिक लाई पेज पाल्न हम्मेहम्मे भएको छ । राहत को बिषयमा प्रधानमन्त्री केपि सर्मा ओलि ले ८० करोड को राहत हामिले बाँडिसकेका छौ भनेर भन्नुभएको छ । एहि कुरा लाई लिएर अहिले सम्पुर्ण नेपालि जनता आवेश मा आएका छन । आफ्नो फेसबुक मार्फत पनि लेखेका छन । ८० करोड को राहत कता छ भनेर पोस्ट गरेका छन ।

एस्तै गरि जापान मा बस्ने ज्वाला संग्रौला ले पनि प्रधानमन्त्री केपि सर्मा लाई कडा तरिकाले लेखेकी छिन । उनले सामाजिक संजाल मार्फत हरेक नराम्रो कामलाई बिरोध गर्छिन । प्रवासबाट लेखिका तथा अभियान्ता ज्वाला संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलि सरकारले ८० करोड राहत कहाँ-कहाँ वितरण भयो प्रमाण सहित मिडियामा देखाउन सरकारलाई चुनौती दिएकी छिन् ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले येस्तो भनेकी छिन् उनको स्टाटस जस्ताको तेस्तै– केपी ओलीको ८० करोडको राहत बितरण कस्ले र कहाँ पायो ? प्रमाण सहित मिडियामा देखाउ ! बिलपनि देखाउ ! गरिब कोरोनाले भन्दा नि भोकले मर्न थालिसके सत्ताका गुलामहरु अझै कति झुठ बोल्छौ ? उनले प्रधानमन्त्रीले भनेको कुरामा विश्वास गर्ने कुनै ठोस आधार नभएको र समस्यामा परेका नागरिकले अझै राहत नपाएको तर्फ इङगित गरेकी छिन् ।

गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले ८० करोड रुपैयाँ बराबरको राहत वितरण गरिसकेको बताएका थिए । कोरोना भाइरसको समयमा समस्यामा परेका नागरिक लाई मध्यनजर गर्दै सरकारले ८० करोड बराबरको राहत वितरण गरिसकेको जानकारी गराएका थिए । हेर्नुहोस जापान बाट ज्वाला संग्रौला ले लेखेको फेसबुक पोस्ट फोटो जस्ता को तेस्तै:-

प्रकाशित मिति April 25, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस