नेपालमै रिक्सा चलाएर अपांग श्रीमान र छोरी पाल्दै यी महान चेली १/१ शेयर गर्नुहोला

धनकुटा ।

आहा कस्तो राम्रो काम हाम्रै नेपाल अर्थात धनकुटा घर भई धरान बस्दै आएकी कविता राई भने फरक किसिमकी छिन । जो अपाङ्ग श्रीमानको पालनपोषणका लागि रिक्सा अर्थात् सिटी सफारी चालक छिन । श्रीमान को जन्म जात नै एउटा खुट्टा छैन मैले नै उहाँलाई पाल्दै आएको छु उनले

भनिन । धनकुटा रहँदा नै विवाह भएकी उनी आफ्नो परिवार धान्नका लागि सहर आईन । धरान आएपछि के गर्ने कसो गर्ने ? उनले केही सोच्नै सकिनन । उनले आफैले जसोतसो एउटा सिटी रिक्सा किनिन र कुदाउन थालिन । बजारको प्रतिस्पर्धामा आएपछि उनमा आफ्नो

कमाइप्रति गौरव गर्ने भावना र समाजको सम्मान दुवै थपिएको छ । अहिले रिक्सा चलाएर परिवार धान्न सक्दा उनी खुसी छिन् । एउटा छोरी छन् उनको पढाइ खर्च र श्रीमान पाल्न पुगेकै छ । अलि अलि बचत पनि गर्ने गरेको छु । उनले भनिन् । पुरूषले मात्र सवारीसाधन चलाउन

सक्छन् भन्ने सोंच भएका र श्रीमानको कमाइमा मात्रै बाँच्ने महिलाका लागि यो गतिलो झापड उनले पनि ठानेकी छिन् पहिला पहिला त केही गर्न सक्दिनँ कि जस्तो लाग्थ्यो उनले थपिन् र आँट कसेर निस्किएपछि सम्भव हुने रहेछ भन्ने थाहा पाइसकेको छु । उनी प्राय भानुचोकमा भेटिन्छिन् ।

यस्तै धरानकी मिरा लामा ९ वर्ष अघि श्रीमान बितेपछि आफैले केही गर्नुपर्छ भन्दै लागिपरिन । उनले सिटी सफारी किनिन् । सिटी सफारीले अहिले छोराछोरीको पढाइ लगायत परिवार धान्दै आएकी छिन् । छोरीलाई ठेलामा व्यापार गरेरै इन्जिनियर बनाएर गर्ववान्वित उनी हाल छोरा कक्षा ११ मा

पढ्दै गर्दा खुशी छिन् । पहिला ठेला ठेलेरै उनले जेठी छोरीलाई इन्जिनियर पढाइन् र इन्जिनियर बनाइन् । जेठी छोरी पूजा लामा इन्जिनियरिङ बनिसकेकी छिन् कान्छी छोरी ठेला ठेलेरै त्यतिबेलै उनले घरजग्गा जोडिसकेको बताइन् । अहिले ६ वटा रिक्सा किनेर अन्य महिलालाई पनि उनले

आत्मनिर्भर बनाउँदै आएकी छिन् । उनको लक्ष्य अब ग्यारेज खोलेर अझै धरानका महिलालाई आत्मनिर्भर बनाउने छ । उनी हाल अखिल नेपाल रिक्सा चालक सङ्घकी अध्यक्ष समेत छिन् । हाम्रो कोशी अवाज बाट तँपाईले यो समाचार पढेर सम्मान सोरुप एक एक सियर गर्नुहोला ।

प्रकाशित मिति April 25, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस