no-image

एजेन्सी । लकडाउनमा पैदल नै आफ्नो घर फर्किरहेकी १२ वर्षीया बालिकाको घर पुग्नु ।

अगावै मृ$त्यु भएको द इन्डियन एक्सप्रेसले लेखेको छ । रिपोर्टका अनुसार १२ वर्षीया जमालो मडकाम करिब दुई महिना अघि ।

तेलंगानामा खुर्सीनी खेतीमा काम गर्नका लागि आफन्तसँग पहिलो पटक आफ्नो घरबाहिर निस्किएकी थिइन् ।

तर उनी जिउँदो फर्कन सकिनन् । करिब सय किलोमिटर पैदल हिँडेपछि उनको मृत्यु भयो ।

पत्रिकाले अधिकारीलाई उद्धृत गर्दै उनीसँग अन्य १३ जना पनि भएको बताएको छ ।

१२ वर्षीया ती बालिका लगातार तीन दिनसम्म पैदल हिँडेको र १८ अप्रिलमा इलेक्ट्रोलाइट असन्तुलन र थकानका कारण उनको मृत्यु भएको बताएको छ ।

छत्तीसगढको बीजापुर जिल्लामा रहेको आफ्नो घरबाट ११ किलोमिटर टाढा उनको मृत्यु भएको हो । जरोम आफ्ना आमा–बुवाका एक्ला सन्तान थिए ।

राज्यका मुख्यमन्त्री भूपेश बघेलले पीडित परिवारका लागि एक लाख भारु दिने घोषणा गरेका छन् । नोट : माथिको तस्बिर सङ्केदित तस्बिर मात्र हो ।

प्रकाशित मिति April 25, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस