no-image

बाजुरा : घाँस काट्दा रुखबाट लडेर मेरुदण्ड भाँच्चिएकी महिलाको उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

बाजुराको बडिमालिका नगरपालिका–८ बस्ने ३५ वर्षीया धनमती रावलको बिहीबार घासँ काट्दा रुखबाट लडेर मेरुदण्ड भाँच्चिएको थियो ।

नेपाल सरकार गृह मन्त्रालयको सहयोगमा नेपाली सेनाको हेलिकोप्टरबाट ३५ वर्षीय रावलको शनिबार बिहान काठमाडौँ को ट्रमा सेन्टरमा उपचारका लागि ।

हेलिकोप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिनुभएको छ । बाजुराको बडीमालिका नगरपालिका-८ की ३० वर्षीय धनमती रावललाई हेलिकप्टर मार्फत उद्धार गर्दै सेना ।

रावलको बिहीबार घाँस काटने क्रममा रुखबाट लडेर मेरुदण्ड भाचिएपछि सेनाको एन ए ०५५ इक्युरेलको हेलिकप्टरमा काठमाडौँ लगिएको छ ।

तस्वीर : प्रेमबहादुर रौले, राससबिहीबार पाला काट्नेक्रममा लडेर मेरुदण्ड भाँचिएकी धनमती रावललाई जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि ।

उपचारका लागि काठमाडौँ सिफारिस गरिएको थियो । तर घरको आर्थिक समस्या भएका कारण तत्काल काठमाडौँ लैजान नसकेको ।

र आज नेपाल सरकार गृह मन्त्रालयको सहयोगमा हामीजस्ता निमुखा जनताको हितका लागि दैलोमै हेटिकोप्टरबाट उपचारका लागि ।

सहयोग गरेको भन्दै श्रीमान् शेरबहादुर रावलले खुशी व्यक्त गरेका छन् । जिल्ला अस्पताल बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माका अनुसार ।

ती महिलाको मेरुदण्ड भाँच्चिएकाले बाजुरा अस्पतालमा उपचार हुन नसक्ने बताउनुभएको थियो ।

उनलाई थप उपचारका लागि काठमाडौँ लग्नुपर्ने डा रुपचन्द्र विश्वकर्माले परिवारलाई सल्लाह दिएका थिए ।

प्रकाशित मिति April 25, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस