no-image

वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारत कोरोना भाइरस संक्रमित चारैजना निको भएका छन् ।

कोरोनाका बिरामीको उपचारमा खटिएका नारायणी अस्पतालका डाक्टरका अनुसार चैत ३० गते र वैशाख २ गते भर्ना भएका ४ जना कोरोना संक्रमित दुई साता लामो उपचारपछि निको भएका हुन् ।

वीरगन्जस्थित मस्जिदमा रहेका ३ जना भारतीय नागरिक निको भएका हुन् ।

त्यसैगरि वैशाख २ गते उपचारका लागि भर्ना भएका रौतहटका एकजना युवक पनि कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।

चैत ३० गते भर्ना भएका ३४, ४४ र ५५ वर्षीय भारतीय नागरिक निको भएकाले डिस्चार्ज गरेर घर फिर्ता पठाउन लागिएको छ ।

त्यसैगरि रौतहटका १९ वर्षीया युवकको पनि कोरोनाको पछिल्लो दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि निको भएका हुन्ल ।

उनी भारतको राजधानी नयाँदिल्लीबाट आएका हुन्। अब वीरगन्जको नारायणी अस्पतालमा सर्लाहीका एक युवक र धनुषाका एक बालकको उपचार जारी रहेको चिकित्सकहरुले बताएका छन् ।

प्रकाशित मिति April 25, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस