यी महान छोरी जस्ले आफ्नै कलेजो दिएर बुबालाई नया जीवन दिईन १/१ शेयर गर्नुहोस

डेढ महिना अघि सम्म काठमाडौं हात्ती गौंडाका ५८ वर्षीय पदमबहादुर मल्ललाई खुसीका दिन आउलान् जस्तो लागेको थिएन । न त शरीर नै यति तन्दुरुस्त होला भन्ने लागेको थियो । १ वर्ष अघि आफ्नो कलेजो बिग्रिसकेको थाहा पाएपछि मल्ल परिवारमा खुसी हराएको थियो । एक वर्षदेखि रक्सी सेवनका कारण कलेजोमा सिरोसिस भएपछि उनको यस्तो हविगत भएको थियो ।

तर गत जेठको तेस्रो साता टिचिङ अस्पतालमा उनको कलेजो प्रत्यारोपण सफल भएकाले मल्ल परिवारमा खुसी छाएको छ । यो खबर नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन ।अस्पतालका इन्ट्रोग्यास्ट्रोलोजी सर्जन डा रमेश भण्डारीको नेतृत्वमा कलेजो प्रत्यारोपण भएको हो । उनलाई आफ्नै जेठी छोरी पुर्णी शाहीले कलेजो दान गरेकी छिन ।

कलेजो दिएकी पुर्णी र पदमबहादुर दुवै खुसी देखिन्छन, छोरी पितालाई बचाउन पाएकोमा र पदमबहादुर नयाँ जीवन पाएकोमा । सोही क्रममा पदमबहादुरले छोरीले कलेजो दिएर आफूलाई नयाँ जीवन दिएको बताए । म छोरीप्रति असाध्यै ऋणी र खुशी पनि छु, उनले भने । यतिखेर पदमबहादुर स्वस्थ व्यक्तिसरह सामान्य खाना खानसक्ने भएका छन ।

उनको स्वास्थ्य सामान्य बन्दै गएकाले डिस्चार्ज गरिसकेको उपचारमा संलग्न चिकित्सक डा । रमेशसिंह भण्डारीले बताए । उनले सामाजिक सञ्जालमार्फत कलेजो दिने छोरी र बाबु दुवैलाई डिस्चार्ज गर्न पाएकोमा आफूलाई ठूलो आनन्द मिलेको जनाए । मलाई आज धेरै आनन्द मिलेको छ । पहिलो पटक कलेजो प्रत्यारोपण पूर्ण सफल भएको छ ।

कलेजो लिनेदिने दुवै डिस्चार्ज भएका छन । उनले फेसबुकमा लेखेका छन । उनले फेसबुकमै कलेजो प्रत्यारोपणमा सहयोगी चिकित्सक समूहलाई धन्यवाद दिएका छन । डा भण्डारीका अनुसार स्वस्थ व्यक्तिको सानो टुक्रा कलेजो काटेर कलेजो सिरोसिस भएको व्यक्तिमा राखिने प्रक्रिया हो कलेजो प्रत्यारोपण । रक्सी सेवन या अन्य कारणले कलेजो पूरै बिग्रेको अवस्थामा प्रत्यारोपण गरिन्छ ।

डा भण्डारीका अनुसार स्वस्थ व्यक्तिको सानो टुक्रा कलेजो काटेर कलेजो सिरोसिस भएको व्यक्तिमा राखिने प्रक्रिया हो कलेजो प्रत्यारोपण। र’क्सी सेवन या अन्य कारणले कलेजो पूरै बिग्रेको अवस्थामा प्रत्यारोपण गरिन्छ । कलेजो प्रत्यारोपण भएका पदमबहादुर स्वस्थ बनिसकेका छन । तर पूर्ण रूपमा सामान्य अवस्थामा आउन थप तीन महिना लाग्नेछ । डा भण्डारीले टिचिङमा कलेजो प्रत्यारोपणका लागि विगत पाँच वर्षदेखि प्रयास गरेका थिए ।8

प्रकाशित मिति April 24, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस