रबि लामिछानेले लेखे ज्ञानेन्द्र शाही बारे एस्तो स्टाटस हेर्नुहोस जस्ताको तेस्तै

काठमान्डौ ।

अभियन्ता शाही हिजो राति पक्राउ परेका थिए । दैनिक ज्यालादालीमा काम गर्ने मजदुरलाई राहत वितरण गर्ने क्रममा विवाद शुरु भएपछि शाही पक्राउ परेका हुन् । पत्रकार रबि लामिछानेले महामारीका बेला भोकालाई खाना खुवाउनेलाई सजाय दिनु नहुने बताएका छन् । पत्रकार रबि लामिछानेले पनि शाहि माथी चर्को बिरोध उठाएका छन । उनले आफ्नो बिरोध उठाउदै आफ्नै फेसबुक मार्फत कडा लेखेका छन ।

नेपालका चर्चित पत्रकार रबि लामिछानेले अघिल्लो पटक पनि ज्ञानेन्द्र शाही पक्राउ पर्दा पनि उनले आफ्नो फेसबुक बाल बाट लेखेका थिए जुन पोस्ट हामिले पहिला नै देखाईसके छौ । हेर्नुहोस अहिले चर्चित पत्रकार रबि लामिछाने ले लेखेको फेसबुक स्टाटस जस्ताको तेस्तै:-

ज्ञानेन्द्र शाहीले के गरेछन् र पक्राउ परेछन भनेर बुझ्दा जानकारी पाए कि उनले मानिसलाई खाना खुवाउने काम गरेछन् । सरकारले राहत बितरण गरेको होला तर त्यो प्रभावकारी भएको छैन । कतिपय स्थानीय प्रतिनिधिहरु आफ्ना कार्यकर्तालाई मात्र छानी छानी राहत बाडिरहेकापनि छन् । यस्तो अवस्थामा भोकै परेका नागरिकलाई खर्चको जोहो गरेर राहत दिनु धर्म हो । लकडाउनको उल्लंघन नहुने गरि स्थानीय प्रशासन सङ समन्वय गरेर,सक्नेले सहयोग गर्ने बेला नै यहि हो ।

अन्य अपराध गरेका भए बेग्लै कुरा तर महामारीका बेला भोका लाई खाना खुवाउने लाई धन्यवाद दिने हो, सजाय दिने होइन । बिकृतिको चाङमा उभिएको सरकारका बिरोधमा ज्ञानेन्द्रले अलि कडा बोले होलान्,तर भ्रस्टाचार गर्नेलाई समाउने कि भ्रस्टाचार विरुद्ध बोल्नेलाई समाउने ? भोका जनतालाई खाना खुवाएकोमा धन्यवाद दिदै अब प्रशासनले ज्ञानेन्द्र शाहीलाई रिहा गरोस् ।ज्ञानेन्द्र जी ले पनि स्थानीय निकायसँग समन्वय गरेर राहत कार्यक्रम संचालन गर्नु पर्छ ।

प्रकाशित मिति April 22, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस