कोरियाबाट आएका चितवनका एक व्यक्तिको आरडीटी परीक्षण पोजेटिभ देखियो

चितवन, ३ वैशाख । ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणको क्रममा चितवनको रत्ननगरमा एकजनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।

आज रत्ननगर १४ पिठुवामा रहेको गुञ्जमान सिंह अस्पतालमा आरडीटी प्रविधिमार्फत गरिएको परीक्षणमा एक व्यक्तिको रिपोर्ट पोजेटिभ देखिएको हो ।

अस्पताल श्रोतका अनुसार बिदेशबाट आएका ३९ ब्यक्तिहरुको आरडीटी प्रविधिमार्फत परीक्षण गरिएको थियो ।

अस्पताल प्रशासनले एकजनाको रिपोर्ट पोजेटिभ देखिएपछि उनको स्वाब परीक्षण गर्न भरतपुर पु¥याएको छ ।

उनको रिपोर्ट आज साँझ सम्ममा आईपुग्ने छ । गुञ्जमान सिंह अस्पतालले उक्त युवासँगै अन्य ४ जनाको स्वाब समेत भरतपुर पठाइएको छ । अब रिपोर्ट आएपछि मात्र कोरोना भाइरस पोजेटिभ भए नभएको निश्चित हुनेछ ।

उनी फागुन ३० गते कोरियाबाट नेपाल आएका थिए । उक्त युवा कोरियाबाट आईसकेपछि १५ दिन होम क्वारेनटाईनमा बसेको बताईएको छ ।

प्रकाशित मिति April 15, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस