अमेरिकामा आयो शक्तिशाली आँधी, तिस जनाभन्दा बढीको ज्या’न गयो

काठमाण्डौ ।

फेरि आयो अर्को दु:खद खबर एतिबेला कोरोना भाईरस बिश्वभर त्रास भएको बेला फेरि अर्को नराम्रो खबर हामिले पाएका छौ । अमेरिकाको दक्षिणपूर्वमा सोमबार आएको शक्तिशाली आँधीका कारण ३० जनाभन्दा बढीको ज्यान गएको छ । आँधीका कारण १० लाखभन्दा बढी मानिस घरबारबिहीन भएका छन् । आँधीका कारण ठाउँठाउँमा बाढी र पहिरो गएको स्थानीय उद्धारकर्मीहरुले बताएका छन् ।

अलाबामा राज्यमा आँधीपीडित मानिसहरु सामुदायिक आश्रयकेन्द्रमा भेला भएका र कोराना भाइरस प्रसार रोक्न उनीहरुले मास्क लगाउनु परेको छ । आँधीबाट अलाबामा राज्यमा मात्र ११ जनाको ज्यान गइसकेको छ । दक्षिणी क्यारोलाइना राज्यमा नौ जनाको ज्यान गएको छ भने छिमेकी राज्य जर्जियामा आठ जनाको ज्यान गएको छ । टेनिसी राज्यका अधिकारीहरुले राज्यमा कम्तीमा तीन जनाको ज्यान गएको जनाएका छन् ।

अर्कान्सस र उत्तरी क्यारोलाइना राज्यमा रुखहरु ढलेका वा घरहरु भत्किएका कारण केही व्यक्तिको ज्यान गएको आशंका गरिएको छ । दक्षिणी क्षेत्रका राज्यहरुका कपितय ठाउँमा शक्तिशाली चक्रवात (टोर्नाडो) उत्पन्न भएको र यी चक्रवातहरु पूर्वी समुद्री किनारातर्फ बढ्न थालेको देखिएको स्थानीय मौसम विज्ञान विभागले जनाएको छ ।

मिसिसिपी राज्यका गभर्नर टेट रिभ्सले एक दशकको अवधिमा यति शक्तिशाली आँधी पहिलोपटक देखिएको बताउनुभयो । उहाँले राज्यमा विगतमा पनि चक्रवातको अनुभव गरिएको तर यति शक्तिशाली आँधी पहिलोपटक आएको बताउनुभयो । जर्जियाका गभर्नर ब्रायन केम्पले कोरोनाभाइरसका कारण धेरै मानिस कामविहीन भएको अवस्थामै आँधीले उनीहरुको सर्वस्व लुटेको बताउनुभयो ।

अब यी मानिससँग आफ्नो भन्ने केही छैन, सबै गुम्यो ।’
यो आँधी आइतबारदेखि सुरु भएको हो । अलाबामा राज्यका गभर्नर के आइभीले कोरोना प्रसार रोक्ने उद्देश्यले लगाइएको सामाजिक दूरी सम्बन्धी नियम पनि हटाइदिनु भएको छ । राज्यका अस्थायी आश्रयस्थलहरुमा मानिसहरु मास्क लगाएर एकै ठाउँमा भेला भएर बस्न बाध्य भएका छन् । आँधी प्रभावित क्षेत्रहरुमा बाढी र पहिरो गएको छ भने टेक्सासदेखि मेनसम्मको क्षेत्रमा १३ लाख ग्राहकको विद्युत लाइन काटिएको छ । यो खबर उज्यालो र मिडिया हबमा पनि छापिएको छ ।

प्रकाशित मिति April 14, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस