रौतहट क्वारेन्टाइनमा रहेका एक युवकको परीक्षण पोजेटिभ, कोरोना भाइरस संक्रमितको संख्या १४ पुग्यो

काठमाडौं, २९ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप दुई नयाँ संक्रमित फेला परेको जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमार्फत कैलाली लम्कीकी हएक ६५बर्षीया महिला र रौतहटको क्वारेन्टाइनमा रहेका एक १९ बर्षे युवकमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले यसबारे जानकारी दिदै उनीहरुको सम्पर्कमा रहेकाहरुको कन्टयाक्ट ट्रेसिङ भयरहेको जानकारी दिनुभएको छ ।

प्रकाशित मिति April 13, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस