नायिका पूजा शर्माले बाँडिन घर, घरमै पुगेर राहत सम्मानको लागि एक सेयर गर्नुहोस

काठमाडौं ।

अहिले बिश्वभर कोरोना भाईरसको त्रास छ । कति देश नै लकडाउन भएको छ । नेपाल पनि विगत दुइ हप्ता भन्दा लामो समयबाट लकडाउनमा रहेको छ । यो लकडाउन अझ लामो समय चल्ने पक्का जस्तै रहेको छ । बैशाख ३ गतेसम्म घोषित लकडाउन भैसकेको छ भने प्रधानमन्त्रीले गरेको आफ्नो सम्बोधनमा अझै दुई साता हाम्रो लागि अप्ठ्यारो स्थिति रहेको बताईसकेका छन् ।

यसको प्रत्यक्ष मारमा दिनहु ज्याला मजदुरी गरेर खाने वर्ग परेको छ । नेपाली चलचित्र क्षेत्र पनि यसको प्रत्यक्ष प्रभावमा परेको छ । विशेष गरि चलचित्रमा काम गर्ने धेरै प्रावधिकहरु यसको प्रत्यक्ष मारमा परेका छन् । सोहि कारण धेरै कलाकारले चलचित्र प्राविधिक संघ मार्फत सहयोग गर्ने घोषणा गरिसकेका छन् । चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले सहयोग रकम जुट्ने क्रम जारि रहेको बताएका छन् ।

अभिनेत्री पूजा शर्माले केहि दिन अगाडी दुईलाख भन्दा बढीको खाद्यान्न प्राविधिकलाई सहयोग गर्ने घोषणा गरेकी थिइन् । सोहि घोषणा उनले पूरा गरेकी छिन् । उनले तिस जना प्राविधिकलाई प्रति व्यक्ति एक बोरा चामल, दुई केजी नुन, दुई लिटर तेल, दाल, केराउ, एक केजी चिनी, विस्कुट, दस प्याकेट चाउचाउ, साबुन र स्याबिन वितरण गरेकी छिन् ।

प्राविधिकको सहजताका लागी उनि घर/घरमा पुगेकी थिइन् । जोरपाटी देखि भक्तपुर ‘व्यासी’ सम्म उनि राहत लिएर पुगेकी थिइन् । उनको साथमा प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, संघका उपाध्यक्ष अर्जुन प्रसाद पोखरेल, पूर्व महासचिव सुरज आचार्य लगायत रहेका थिए ।

राहत वितरण गर्दै पूजाले आफुले सक्ने र आवश्यक परेका व्यक्तिलाई थोरै सहयोग गर्न पाउदा सन्तुष्टि मिलेको बताएकी छिन । उनले जतिलाई सहयोग गर्न सके उहाहरुलाइ गुणस्तरीय खाद्यान्न वितारण गर्न सकेकोमा खुसि मिलेको बताएकी छिन । हरेकलाई सचेत हुन र आफ्नो र आफ्नाको स्वास्थ्यको ख्याल गर्दै घरै बस्न अनुरोध गरेकी छिन ।

प्रकाशित मिति April 11, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस