दुबैका राजकुमारले भने: सम्पुर्ण नेपालीलाई आफ्नै नागरिकझैँ ख्याल गर्छौं चिन्ता नलिनू

सारा नेपाली का लागि खुसिको खबर हामिले पाएका छौ । प्रधानमन्त्री केपि शर्मा ओलिले युएई का राजा शीत कुरा भयो भने आफ्नो टुईटर मार्फत जनाउनुभयो छ । साथै युएई का राजाले सम्पुर्ण नेपाली लाई आफ्नै नागरी झै पालेर राख्ने पनि बताउनुभएको छ । सोमबार साँझ नेपालका प्रधानमन्त्री केपी ओली र युएईका युवराज माेहम्मद बिन जायद अल नाह्यनबीच टेलिफोन वार्ता भएको छ ।

टेलिफोना वार्ताका क्रममा दुबईका नेपालीहरुको अवस्थाबारे प्रधानमन्त्री ओलीले जिज्ञासा राखेका छन् । प्रधानमन्त्रीको जिज्ञासाको जवाफमा युएईका युवराज जायदले नेपालीहरु सुरक्षित रहेकाले त्यसबारे प्रधानमन्त्रीलाई ढुक्क रहन आग्रह गरेका छन् ।

ट्‍विटरमार्फत प्रधानमन्त्रीले भनेका छन ।

युएईका युवराजसँग मेरो टेलिफोन संवाद भयो। त्यहाँ रहेका नेपालीहरुको सुरक्षाको सन्दर्भमा मैले राखेका जिज्ञासामा उहाँले भन्नुभयो नेपालीहरु इमान्दार र परिश्रमी छन् । उनीहरुले युएईको आर्थिक विकासमा पु(याएको योगदानको प्रशंसा गर्दछु । ढुक्क रहनुहोस्– नेपालीलाई युएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्छौं ।

प्रकाशित मिति April 7, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस