खुसीको कुरा: कोरोना अवधीभर कतार सरकारले तलव कटौती नगर्ने, बैंकमा भुक्तानी गरिदिने

अहिले बिश्वभर नै कोरोना भाईरसले आतन्क मैचाईरको छ । अहिले सबै देशमा लकडाउन गरिएको छ । अहिले बिजनेस देशहरु पनि पुरै डाउन भएको छ । कतिपय देशमा कम्पनी हरु बन्द भएका छन भने कतिपय देश मा काम दिईएको छैन । तर एहि बिसयमा भने कतार सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि क्वारेण्टाइनमा बस्नु परेका तथा आइसोलेसनमा राखिएका श्रमिकले पुरा तलव पाउने स्पष्ट गरेको छ ।

कतारको श्रम तथा सामाजिक मामिला मन्त्रालयले श्रमिकलाई पुरा तलव दिनु अनिवार्य रहेको भन्दै हरेक कम्पनीहरु तथा रोजगारदाताहरुले कानून पालना गर्नुपर्ने बताएको छ । कतारले विशेषगरी साना तथा मझौला व्यवसायीलाई वर्तमान संकटको समयमा श्रमिकलाई तलव भुक्तानीका लागि ३ अर्व कतारी रियाल बरावर उपलव्ध गराउने भएको छ जुन वैंकहरु मार्फत ऋणका रुपमा लिन सकिन्छ ।

तर सो रकम व्यवसायीले नगद निकाल्न पाउने छैनन् किनकी श्रमिकको खातामा बैंकले सोझै भुक्तानी गरिदिने मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका सहायक उपसचिव मोहम्मद हसन अल ओर्वाइद्लीले मंगलवार आयोजित पत्रकार सम्मेलनमा भनेः हामीलाई थाहा छ की उनीहरु (श्रमिक) लाई क्वारेण्टाइन वा आइसोलेसनमा राखिएको भनेको हामी सवैलाई सुरक्षित राख्नका लागि नै हो र कम्पनीहरुले उनीहरुको सम्पूर्ण खर्च व्यवहोर्नु पर्दछ ।

हाल कतार बाहिर रहेका श्रमिकको हकमा भनें उनीहरुले कम्पनीका लागि काम गर्नु नपरेका कारण उनीहरुले वेतलवी विदा पाउनेछन् । यसअगाडी कतारले श्रमिकको कुनै गुनासो भएमा गुनासो दर्ताका लागि हटलाइनको व्यवस्था गरिसकेको छ । नागरिक टायम बाट साभार

प्रकाशित मिति April 4, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस