नेपालमा कोरोना भाइरस(काेभि-१९) का थप तीनजना संक्रमित फेला परेका छन्। स्वास्थ्य मन्त्रायले मुम्बईबाट फर्किएका कैलालीका एकजना २१ वर्षीय पुरुप, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा उपचाररत कोरोना संक्रमितका आफन्तमा पुष्टि गरेको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ।
संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको छ । मन्त्रालयका स्रोत अनुसार संक्रमितमध्ये एक जना स्थानीय हुन् भने २ जना बाहिरबाट आएका हुन् । सातौं केस धनगढीको पहिलो र नेपालको चौथो संक्रमितका भाउजू हुन् । उनी ३४ वर्षीया महिला हुन् ।
सेती प्रादेशिक अस्पताल धनगढीका अनुसार तीनै जना आइसोलेसनमा छन्। उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
- यसअघि विदेशबाट आएका ६ जनामा यसको संक्रमण देखिएको थियो। जसमध्ये एक ना घर फर्किका छन् भने पाँच जनाको आइसोलसनमा उपचार भैरहेको छ।