no-image

२० चैत, काठमाडौं ।

म यति भन्नसक्छु कि म जत्तिकै नर्सहरु पनि डराएका थिए । उनीहरुले मलाई मर्न गइरहेको बिरामीलाई जसरी कोरोना भाइरस पोजेटिभ भएको बताए बेलायतको एडिनवर्ग अस्पतालमा भर्ना भएकी ४१ वर्षीया आतीले बताइन् । उनी ज्वरो, खोकी, छाती दुख्ने, श्वासप्रश्वासमा समस्या र बास्ना तथा स्वाद थाहा पाउन नसक्ने जस्ता लक्षण देखिएपछि अस्पताल गएकी थिइन् ।

सुरुमा उनलाई देखिएको लक्षणअनुसार घरमा आराम गर्न भनिएको थियो । तर समस्या बढ्दै गएपछि अस्पतालमा भर्ना गरिएको थियो । यो भाइरसको संक्रमण देखिएको १३ औं तथा अस्पताल गएको तेस्रो दिनमा आतीको अवस्था झन् बिग्रियो । उनको ज्वरो पनि बढ्न थाल्यो र श्वासप्रश्वासको समस्या पनि बढ्यो । तर त्यही रातिदेखि बिस्तारै ज्वरो घट्न थाल्यो ।

त्यसपछिको अर्को दिन नर्सहरुले अब अवस्था स्थिर देखिएको खण्डमा उनी घर जानसक्ने बताए । मलाई पहिल्यै अस्पताल आउनुपथ्र्यो भन्ने लाग्न थालेको थियो । धेरै ढिला भएकोमा डर पनि लागेको थियो उनी भन्छिन यो मेरो जीवनको सबैभन्दा डरलाग्दो अनुभव थियो । उनका अनुसार अघिल्लो बुधबार उनलाई बाँचिएला जस्तो लागेको थिएन ।

त्यतिबेला उनलाई सास फेर्नमा कठिनाई भइरहेको थियो भने उनको होस पनि गुमेको थियो । उनको ज्वरो पनि १०४ फरेनहाइट पुगेको थियो । उनको शरीरमा रक्तचाप पनि र अक्सिजनको मात्रामा पनि ठूलो कमी देखिएको थियो ।बत्यसपछि उनी आफ्ना श्रीमान्सँग अस्पताल पुगेकी थिइन् । शुक्रबार उनी कोरोना संक्रमित भएको पुष्टि भएको थियो । उनका श्रीमान् पनि कोरोनाको लक्षण नदेखिएका संक्रमित हुन् । लोउले अहिलेपनि परीक्षणको नतिजा कुरिरहेकी छिन् ।

अस्पतालमा कोरोनाका गम्भीर बिरामीलाई मात्र भर्ना गरिन्छ । यसै क्रममा भाइरसको सामान्य संक्रमण देखिएका रायनलाई पनि घरमा नै सेल्फ आइसोलेसनमा बस्न भनियो । उनी अहिले पूर्णरुपमा स्वस्थ छन् । उनलाई भाइरसको संक्रमणको बेलामा ज्वरो सबैभन्दा उच्च विन्दुमा पुग्दा उनी ओछ्यानबाट बाहिर निस्किन नसक्ने अवस्थामा पुगेका थिए । उनी बल्लतल्ल उठेर पानी खान सक्थे । धेरैजसो बिरामी नपर्ने रायनलाई यो भाइसको संक्रमणले अचम्ममा पार्‍यो ।

उनलाई आफूमा पक्कै कोरोना को संक्रमण भएको विश्वास थियो । उनलाई गाउँ चहार्दा अत्यधिक थकाई लाग्ने र श्वासप्रश्वासमा कठिनाई देखिएको थियो । तर, अहिले उनी यो भाइरसबाट निको भएर सामान्य जीवनमा फर्केकी छिन् । आतीको लागि कोभिड–१९ ले सामाजबारे नयाँ ज्ञान दिएको छ । उनले यो भाइरसको कारण मानिसहरु छिमेकमा म्यासेज आदानप्रदान गर्न थालेको, समस्यामा परेका मानिसलाई सहयोग गर्न थालेको बताइन् । यो रोगले मानिसलाई एक बनाएको उनको बुझाइ छ ।

प्रकाशित मिति April 2, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस