आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने यो के हो ? देउवा

बिश्वयापी माहामारिका रुपमा फैलिएको कोरोना भाईरस ले अहिले तहस नहस बनाएको छ । अहिले धेरै देश नै लकडाउन मा छ । यो बेलामा सरकाले लगाएको लकडाउन लाई पालाना गरेर घर मै बस्न हाम्रो पनि अनुरोध छ । यो रोग लाई कसैले पनि मजाक नगर्नुहोला । नियमित साबुन पानीले राम्रो शीत हात धुनुहोला । यसै बिसयलाई लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो प्रश्न राख्नुभएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूर पश्चिम प्रदेशको दार्चुला पारी भारतीय भूमि धारचुलामा रहेका नेपालीहरुलाई तत्काल नेपाल भित्रने वातावरण बनाउन माग गरेका छन् । सोमबार भारत पिथौरागढका विभिन्न क्षेत्रमा काम गरि फर्किएका साढे तीनसय बढी नेपालीले नेपाल आउनुपर्ने माग गर्दै सीमा क्षेत्रमै नाराबाजी गरेका थिए ।

धारचुलामा रहेका नेपालीहरुले गरेको नाराबाजीको भिडियो भाइरल भएपछि देउवाले ट्विट गर्दै प्रश्न गरेका छन, आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने यो के हो ? दार्चुला सदरमुकाम पारी भारतको धार्चुलामा रहेका सयौ नेपालीहरुलाई आवस्यक प्रक्रिया पुरा गरेर तत्काल नेपाल आउने वातावरण बनाउन म सरकारसँग जोडदार माग गर्दछु।

प्रकाशित मिति April 1, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस