कंचनपुर ।
हरेक दिन हामिले एकदम दुखलाग्दो खबर मात्रै सुनेका छौ । कहिले टिप्पर ले मान्छे हानेको खबर सुनेका छौ त कहिले नदिमा हाम फाल्ने खबर ले एकदमै दुख लागेको छ । यसै गरि आज भोलि एकदम ठुलो त्रास कोरोना भाईरस ले पनि जताततै मन मा डर पनि ल्याएको छ । आज फेरि एक निकै नै दुखद को खबर आएको छ । शनिबार अर्थात आज कञ्चनपुरमा टिप्परले ठक्कर दिँदा एक बालकको ज्यान गएको छ ।
जिल्लाको बेलौरी नगरपालिका चार बुटाबारीबाट बेलौरीतर्फ आउँदै गरेको म १ ख ८४९ नम्बरको टिप्परले ठक्कर दिँदा सोही नगरपालिका ८ बस्ने सियाराम रानाका ९ वर्षीय छोरा आकाश रानाको निधन भएको हो । ठक्करबाट गम्भीर घाइते भएका रानालाई उपचारकालागी धनगढी लगेकोमा साढे चार बजे उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक बिन्द्रनाथ पौडेलले बताए ।
प्रकाशित मिति March 7, 2020