गाेरखामा पाेखरीमा डुबेर १३ बाँदर मरे हेर्नुहोस पूरा कारण

गोरखा ।

आज फेरि एउटा अच्चमै को घटना घटेको छ । सुन्दा पनि अच्चम लाग्न सक्छ होला । तर अच्चम मान्न पर्दैन सत्य घटना घटेको छ । गोरखा नगरपालिका ९ लक्ष्मीबजारकाे खोलडाँडामा निर्माणाधीन पोखरीमा डुबेर १३ वटा बाँदर मरेका छन् । दमकलका लागि पानी भर्न निर्माण गर्दै गरेकाे पोखरीमा डुबेर बाँदर मरेका स्थानीयले बताएका छन् । निर्माण हुँदै गरेको पोखरीमा केही दिनअघिको वर्षाका कारण झण्डै आधा मिटर जति पानी जम्मा भएको स्थानीय गणेश थापाले बताउनुभयो ।

पानी खान एउटा बाँदर पसेको, तर पानीमा डुबेर कराएपछि अरु बाह्रवटा बाँदर पसेर मरेका हुन् । कुकुरले लखेटेपछि भाग्ने क्रममा पोखरीमा पसेको अनुमान गरेका छौँ’ उहाँले भन्नुभयो, ‘पोखरीको भित्री भागमा प्लाष्टर गरिएको रहेछ, चिप्लो भएका कारण डुबेका बाँदर बाहिर निस्किन पनि सकेनछन् ।’ स्थानीय बासिन्दाले डुबेर मरेका बाँदरलाई पोखरीबाट बाहिर निकालेका छन् । मरेका बाँदरलाई खाल्डो खनेर गाडिएको अर्का स्थानीय कृष्ण पुडासैनीले बताउनुभयो ।

चाहे मानिस होस त चाहे बाँदर होस दुख मान्नु पर्ने कुरा हो यो उस्को पनि त मन हुन्छ छोराछोरी हुन्छन । हामिलाई पनि निकै नै दुख लागेको छ । यो समाचार पढेर कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनुहोला । समाचार सेयर गर्नुहोला ।

प्रकाशित मिति March 3, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस