no-image

काठमाण्डाै ।

आज फेरि हामी सम्पुर्ण नेपाली लाई कोरना भाईरस ले सताएको छ । यसै क्रममा हिजो आज कयौ नेपाली दाजु भाइ कोरना भाईरस को कारण ले हरेक देश बाट चिन्तित भएका छौ । रोजगारीका लागि बहराइन जान लागेका ३० जना नेपालीलाई यूएई सरकारले दुबईबाट फिर्ता पठाइदिएको छ ।

नेपालकाे बहराइनसँग सिधा उडान नभएकाले दुबई हुँदै जान लागेका उनीहरुलाई नेपाल कोरोनाको उच्च जोखिममा रहेको देश भएको आधारमा फिर्ता पठाएको परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । उनीहरु नेपाल आइसकेको हुनसक्ने पनि उहाँले बताउनुभयो । यसैबीच सरकारले अत्यावश्यक काम बाहेक विदेश नजान नेपालीलाई आग्रह गरेको छ ।

कोभिड १९ अर्थात् कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले अत्यावश्यक काम भएका बाहेकलाई विदेश नजान आग्रह गरिएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँले चीन, जापान, दक्षिण कोरिया, इरान लगायत कोरोना प्रभावित देशमा ट्राभल एडभाइजरी नै जारी गरिएको र अरु देशमा जाने नागरिकलाई पनि सकेसम्म नजान आग्रह गरिएको जानकारी दिनुभयो ।

सरकारले देशभित्र पनि भोजभतेर तथा सभा, सम्मेलन नगर्न पनि अनुरोध गरेको छ । साथै हिजो आज कोसोना भाईरस ले देश भर नै खैलाबैला बनाएको छ । एस कारण हामी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनी लगाएत सबै जना सचेत रहनुहोला ।

घर बाट धेरै टाढा नजानुहोला । अनिवार्य माक्स को प्रयोग गर्नुहोला । तातोपानी नै धेरै पिउनुहोला । साथिखबर बाट सानो जान्कारी समाचार पढेर हजुरहरु लाई कस्तो लाग्यो कुनै सल्लाह सुझाव भए हामिलाई साथिखबर पेज को तल रहेको कमेन्ट बक्स मा कमेन्ट गर्नुहोला ।

प्रकाशित मिति March 2, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस