सरकारको लापरबाही एक हप्तामै ७०० चिनियाँ नेपाल आए (सेयर गर्नुहोस)

काठमाडौं:

कोरोनाले महामारी मच्चाएको चीनबाट एकसातामै ७०० चिनियाँ नेपाल भित्रिएका छन् । तर, विश्वका कैयौं देशले चीनसँगको आवतजावत ठप्पै पारेपनि नेपाल सरकारले भने विना रोकतोक चिनियाँहरुलाई सजिलै नेपाल प्रवेश दिइरहेको छ । सरकारले विमानस्थलमा स्वास्थ्य जाँच गर्ने उपकरण राखिएको र परीक्षणमा संक्रमण नदेखिएकालाई मात्र नेपाल आउन दिएको बताएपनि यथार्थ भने फरक छ । चीनबाट अमेरिकाको सियाटल पुगेका एक नागरिकको मेडिकल स्क्रिनिङमा समस्या नदेखिएपनि पछि उनी संक्रमित भएको पुष्टि भएको थियो ।

ती नागरिकबाट नै फैलिएको कोरोनाका कारण चीनमा अहिले करिब एकदर्जन मानिसहरुमा कोरोना संक्रमण भइसकेको छ। अमेरिकाले प्रविधिमार्फत पत्ता लगाउन नसकेको र पछि फैलिएको कोरोना संक्रमण रोक्न नेपालले भने उदासिनता देखाएको छ । तर नेपालमा भने चीनबाट आएका सबै मानिसहरुलाई गुपचुप सजिलै गन्तव्यमा पुग्न दिइएको छ । यस्तो लापरबाही भइरहँदा नेपाल कोरोनाको उच्च जोखिममा रहेको स्वास्थ्य विशेषज्ञहरुले चेतावनी दिइरहेका छन ।

सरकारले भ्रमण बर्ष २०२० मा बिस लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सोही संख्या पुर्‍याउन जस्ता मानिसलाई पनि सामान्य जाँचकै भरमा विमानस्थलबाट सजिलै बाहिर पठाउने गरिएको छ । बालुवाटारमा मुरली बजाएर रमिता देखाउने गरेको प्रधानमन्त्रीले धमाधम चिनियाँ नागरिकलाई नेपाल आउन दिइरहँदा त्यहीँ रहेका १८० नेपालीको भने बिचल्ली भएको छ । चीनबाट ल्याउने नेपालीलाई राख्ने स्थानको टुङ्गो समेत लगाउन नसकेको सरकारले चिनियाँलाई भने सजिलै विमानस्थल पार गर्न दिइरहेको हो ।

तर नियामक स्वास्थ्य मन्त्रालयले भने हेल्थ डेस्क राखेको दाबी गर्दै कोरोना संक्रमण रोकथाममा हेल्चक्र्याइँ गरिरहेको छ । अझ, हेल्थ डेस्क राखेकै भरमा विश्वस्तरीय सतर्कता अपनाइरहेको हास्यास्पद दाबी गरिरहेको छ । विमानस्थलमा राखिएको स्क्रिनिङ मेसिनले शरीरको सामान्य तापक्रम मात्रै देखाउने गर्छ। त्यहीमाथि पनि यी मेसिन बारम्बार बिग्रने गरेको छ । यही सामान्य पूर्वाधारकै भरमा सरकारले छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना नियन्त्रणमा उदासिनता देखाइरहेको छ ।

न त सरकारसँग कोरोना संक्रमण फैलिए के गर्ने भन्ने स्पष्ट योजना छ, न त सरासर नेपाल आइरहेका चिनियाँलाई रोक्न नै सकेको छ। चीनका विभिन्न प्रान्तबाट दैनिक आइरहेका सयौं यात्रीले नेपालमा सहजै प्रवेश पाइरहेका छन् । त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयको तथ्यांकअनुसार विगत ७ दिनमा ७०० चिनियाँ नागरिक नेपाल पसिसकेका छन् । यसहिसाबले कोरोना फैलिएपछिको एक महिनाको अवधिमा हजारौं चिनियाँले नेपालमा सहजै प्रवेश पाएका छन् ।

प्रकाशित मिति February 29, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस