पोखरा – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अप्ठ्यारो पारेका कारण प्रदेश सरकारले काम गर्न ।
नसकेको भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खुलेआम विरोध गरेका छन् ।
ओली सरकारका निर्णय कार्यान्वयन नभएर प्रदेशलाई अप्ठ्यारो भएको भन्दै मुख्यमन्त्री गुरुङले आक्रोश पोखे ।
संघीय संसद अन्तर्गत विकास तथा प्रविधि समितिले मंगलवार पोखरामा आयोजना गरेको ।
विकास र समृद्धिमा अन्तरतह समन्वय विषयक कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले जिल्लामा भएका कार्यालयमा संघीय सरकारले कर्मचारी राखेको भन्दै चर्काे आक्रोश पोखेका छन् ।
‘संघीयतामा सरकार जनताको घरदैलोमा आउँछ भन्ने तर जनताको घरदैलोमा रहेका कार्यालय र कर्मचारी कहाँ थुपार्यो ?’ उनले सोधे, ‘यो संघीयता हो कि राणा शासनतिर फर्किएको हो ।
हिजोको व्यवस्था अनुसार जिल्लामा रहेका कार्यालय घटाएको भन्दै मुख्यमन्त्री गुरुङले आक्रोश पोखेका छन् ।
जिल्ला–जिल्लामा रहेका खानेपानी कार्यालय घटाएको उदाहरण दिँदै उनले भने, ‘मनाङ, लमजुङका मानिस खानेपानी माग्न गोरखा जानुपरेको छ, जनताबाट सरकार झनै टाढा भएको छ ।
प्रधानमन्त्री ओलीको अध्यक्षतामा हुने राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक र प्रदेश समन्वय परिषद्को बैठकका निर्णयहरू समेत कार्यान्वयन नभएको गुनासो गुरुङले गरे ।
निर्णयहरू कार्यान्वयन गर्न संघ सरकार उदासिन छ, अनुगमन पनि गर्दैन,’ गुरुङले भने, ‘नेतृत्वको माइन्डसेट नै गलत छ, हचुवाको भरमा मुलुक चलाएर समृद्धि कहाँबाट आउँछ ।
मुख्यमन्त्री गुरुङले संघीय सरकार अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय, ऊर्जा मन्त्रालय, भूमिसुधार मन्त्रालय लगायतका मन्त्रालयमा अझै संघीयता नआएको बताएका छन् ।
अझै पनि पश्चिमाञ्चल खेलकुद विकास समिति छ, अन्यत्र पनि यस्तै, कहाँ हो पश्चिमाञ्चल भनेको ?’ उनले सोधे, ।
मन्त्रीहरूले काम गरेनन्, संघीयता आएन भनेर भनेको भन्यै छु । यस्ता विषयमा प्रधानमन्त्रीले ध्यान दिनुपर्छ, किन नदिएको
प्रकाशित मिति February 19, 2020