स्वस्थानी र ऋषिपञ्चमीको ब्रतकथा च्यात्नुपर्ने नेकपा सांसद गुरुङको माग शेयर गर्नुहोस

काठमाडौँ, माघ ।

कस्तो सुन्दा पनि अचम्म लाग्छ होला कयौं बर्ष देखि चलिआएको हाम्रो धर्म लाई अहिले एक्कासी पाना हरु च्यात्ने भन्दा त सबै लाई दु:ख लाग्ने नै होला यसै कुरा नेपाल कम्युनिष्ट पार्टीकी सांसद यशोदा गुरुङ सुबेदिले बैठक मा राख्नुभएको छ । हेर्नुहोस उहाँले राखेका थप माग के के हुन पूरा पढनुहोस । नेपाल कम्युनिष्ट पार्टीकी सांसद यशोदा गुरुङ सुवेदीले छाउपडी जस्तो संस्कारलाई मजबुत पार्ने स्वस्थानी व्रत कथा र ऋषिपञ्चमी व्रत कथाका पानाहरू च्यात्नुपर्ने माग राख्नुभएको छ ।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा सांसद गुरुङले सदियौँ देखि नेपाली महिलालाई जगडेर राखेको कुरीति भत्काउनको लागि छाउगोठ भत्काउने अभियानले मात्र नपुग्ने भन्दै स्वस्थानी व्रत कथाका पानाहरू च्यात्नुपर्ने बताउनु भएको हो । बारीमा राखेका छाउगोठ भत्काएर मात्र कुरीति नहट्ने र देशका सबै स्थानमा विभिन्न बहनामा महिलाहरु यस्ता चलनबाट पीडित भएको बताउँदै ‘छाउजस्ता परम्परा र संस्कृतिलाई मजबुत पार्ने स्वस्थानी ब्रत कथा र ऋषि पञ्चमी ब्रत कथाका पाना च्यात्न माग राख्नुभएको हो । संसदमा आफ्नो धारणा राख्दै उहाँले भन्नुभयो, गृहमन्त्रालयले चलाएको छाउगोठ भत्काउने अभियान स्वागतयोग्य छ ।

‘सदियौंदेखि महिलालाई जगडेर राखेको यो कुरीतिलाई हटाउन छाउगोठ मात्र भत्काएर नहुनेभन्दै मान्छेको मन मस्तिक रहेको छाउगोठ भत्काउनु सक्नुपर्ने बताउनुभयो । हामिले यो खबर न्युज २४ बाट लिएका हौउ तँपाईलाई यो समाचार पढेर कस्तो महसुस भयो ? आफ्नो बिचार तथा प्रतिक्रिया राख्नुहोला । समचार सक्दो सियर गरेर सारा नेपाली माझ पुर्याउनु होला ।

प्रकाशित मिति February 12, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस